
एक्यानका अध्यक्ष, हरि सिलवाल । चर्चामा रहेका एक सिए । तर धेरैलाई थाहा नभएको कुरा हुन सक्छ उनी एसएलसीका भने थर्ड डिभिजन होल्डर हुन् । थर्ड डिभिजनमा एसएलसी उतिर्ण गरेका उनै हरि सिलवालले एक कार्यक्रममा सुनाएको ‘गरिवीमा पढाइ’ बिषयक अनुभवमा उनको एसएलसी सम्झना उनकै अनुभवमा :
गरीबीमा पढाइ!
एक समुह बिध्यार्थीलाई पढ़ाई, पढ्ने तरिका, आर्थिक स्रोतको ब्यबस्थापन, सफलताका सूत्रहरू बारे आफ्नो अनुभब र बिचार बांडेर भ्याउन लाग्दा एक जना बिध्यार्थीले सोधे: तपाईं त पढ्न पनि खतरा अनि धनी परिबारको मान्छे होला हगि सीए पढ्न सक्ने?
म: दुइटै होइन
बि: अनि कसरी सम्भब भयो त?
म: दृढ इच्छाले
बि: इच्छा त सबैलाई हुन्छ नि? खै त सबैले सकेको?
म: केही गर्छु भन्ने दृढ इच्छा हुनेले अन्धो भएर त्यही काममा लागिरहनुपर्छ
बि: केले प्रेरणा दिन्छ त्यसरी लाग्न?
म: आजको आबस्यकता र गरेको कामबाट भबिष्यमा आउने सफलताको आकर्षण
बि: तपाईंलाई केले डोर्यायो त सीएको मार्गमा?
म: गरीबी र सपना
बि: मतलब?
म: त्यतिबेला ग़रीबी थियो अनि राम्रो भबिष्य बनाउने सपना
बि: सीए नै किन?
म: यो यस्तो बिषय हो जुन पढ्न पैसा कम मेहेनत बढी लाग्छ। अघि बढ्न चाहने गरीब र मेहेनतिकालागि नै हो यो बिषय
बि: कहांबाट आयो त पढ्ने पैसा?
म: सानैदेखि साहुको खेतमा मजदुरी गर्दा गर्दै सरिर मेहेनत गर्ने बानी परिसकेको थियो। काम गर्दै पढ्दै गरियो। परिबारमा एकता र प्रेम अनि आफन्तको साथ थियो।
बि: परिबारमा गजबको एकता थियो?
म: हो, गरीबीले परिबारलाई एकजुट बनाउंछ
बि: आज पनि छ त उस्तै एकता?
म: आफै त हुंदैन, कुनै एकजना सदस्यले निरन्तर बलिदान गर्नु पर्छ टिकिरहन्छ
बि: आफन्तले सबैलाई सहयोग कहाँ गर्छन् र?
म: सुरूमा थोरै सहयोग जसले पनि गर्छ अनि हेर्छ त्यो मान्छेले त्यो सहयोग सदुप़ोग गरी आफै र उसलाई पनि केही गर्न सक्छ या सक्दैन
बि: गरीब हुनुमा दु:ख लाग्छ?
म: गर्ब लाग्छ, एउटै जीवनमा बिपन्न र सम्पन्न दुबै जीवनको अनुभव लिन पाएं
बि: म ग़रीब थिएं भन्न अप्ठ्यारो लाग्दैन?
म: अहिले नि गरीबै भा भए त भन्न अप्ठेरो हुन्थ्यो होला। अहिले अबस्था सुध्रे पछि त पहिलाको कुरा भन्न झन मज्जा आउंछ
बि: काम गर्दै पढ्दै गर्दा सम्भब भयो त?
म: समय सदुपयोग र ब्यबस्थापन
बि: जस्तै?
म: SLC to CA १० बर्ष सिनेमा हेरिन, बाटोमा बस कुर्दा, यात्रामा, खाना खादा, ट्वाइलेट बस्दा नि पढियो, ५ मिनट समय नि खेर फालिन
बि: खान लाउन नि अभाब भयो होला?
म: होइन, खाने मामलामा म मेरी आमाको सोचाईलाई मान्थे र मान्छु: टन्न खाउ अनि गधाले झैं मेहेनत गर
बि: स्कुलदेखि नै पढाईमा तिक्ष्ण हुनुहपन्थयो कि?
म: होइन, SLC म त म third division हो
बि: third division to CA? कसरी सम्भब भयो?
म: नथाकीकन लगातार लागिरहने
बि: पढ्न गाह्रो भएन?
म: के को गाह्रो हुनु नि अर्काले लेखेर ठिक्क पारेको किताब पढ्न? चट्टान फोर्न पर्ने होइन, आकास खसाउनु पर्ने होइन। थच्च एक ठाउँमा बस्यो, ध्यान दिएर पढ्यो, प्रष्ट बुझ्यो, सरर लेख्यो, टन्न नम्बर ल्यायो। बस्।
बि: कुरो सुन्दा त मज्जा तर गर्न गाह्रो के!
म: लौ के भन्या यस्तो, यस्तै गाह्रो काम गरेर पार लगाउंदै अघि बढ्नु मै त छ मज्जा!
प्रतिक्रिया दिनुहोस्