
आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि यतिबेला प्रकाश लम्शालको दिमागमा के चलेको होला भन्ने अनुमान धेरैले गर्नु स्वाभाविक हो । आफ्नो कार्यकालको सुरुवात देखि नै विभिन्न बहानामा विवाद र चर्चामा आएका लम्साल अहिले उनले लेखेको फेसबुक स्ट्याटसका कारण निकै चर्चामा आएका छन् । उनले २०७२ साल चैत्र १७ गते बुधाबार बेलुका आफ्नो फेसबुकमा He had asked for Rs. 200,000 . Rest you can understand…….!I am not a coward !!’ लेखेपछि यससम्बन्धमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । केहिले अख्तियारमा मुछिने डरले उजुरीकर्ताले पैसा मागेको देखाउन वा बुझाउन यस्तो लेखिएको हुन सक्ने बताएका छन् भने केहिले भने यो उनको आन्तरिक मामला हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्