Skip to content

प्रकास लम्साल कार्यकालको फ्ल्यास ब्याक : यसरी कालो झण्डा बाट बचेका थिए प्रकाश लम्साल

मलेसियाबाट नेपाल फर्कने क्रममा आइक्यान अध्यक्ष मध्यरातमा एयरपोर्ट झर्दैछन् भन्ने खबर थियो उनीहरुसँग । केहि सिए इन्स्टिच्युट विरुद्ध विभिन्न योजना बनाएको, विद्यार्थीहरुलाई आफु  निकट सिए इन्स्टिच्युटमा पठाउन विभिन्न कार्यहरु गरिरहेका भन्ने आरोप लगाइएका अध्यक्षलाई कालो झन्डा देखाएर विरोध गर्ने तयारी थियो । स्रोतका अनुसार बजारमा प्रकाश लम्शालका विरोधीका रुपमा चिनिएका केहि सिएहरुको ‘प्लान’ मा केहि सिए इन्स्टिच्युटका कर्मचारी सहितको टोली उक्त दिन एयरपोर्ट पुगेको थियो ।
आफ्ना मान्छे विदेशबाट आउंदैछन् भन्ने झुठो जानकारी दिएर प्रहरीलाई समेत झुक्काएर एयरपोर्ट छिरेका उनीहरुलाई एकाएक आइक्यान अध्यक्षलेनै झुक्काइदिएछन् । स्रोत अगाडी भन्छ,  ‘यसै त राती, त्यसमाथि पनि गाडीमा चढेर आउने मान्छे ठ्याक्कै ठम्याउन सकिने अवस्था थिएन । एयरपोर्टको आगमन कक्षमै अध्यक्षको सुराकी गरिरहेका व्यक्तिले समयमै जानकारी नदिंदा बाहिर कालो झण्डा देखाएर त्यसको तस्वीर लिन खोज्नेहरुको सपना पूरा हुन सकेन ।’

‘आइक्यान अध्यक्षसँगै सिए सुरेश देवकोटा पनि आउने कुराको विवरण थियो उनीहरुसँग । सुरेश देवकोटा नजिक मानिएका केहिले कुनैपनि हालतमा झुक्किएर पनि उक्त कालो झन्डा सुरेश देवकोटालाई नपरोस् भनेर सुराकीलाई जानकारी दिएका थिए । सुराकी गर्ने व्यक्तिलाई सुरेश देवकोटा र प्रकाश लम्शालको अनुहार मिल्दोजुल्दो भएकाले नाझुक्कीन समेत भनेका थिए । तर सायद ती व्यक्ति झुक्किए । प्रकाश लम्शाल उम्किए ।  कुन बेला कुन गाडीमा चढेर उनी घर फर्के पत्तो नै भएन । न कालो झण्डा देखाउन पाए उनीहरुले, न त त्यसको फोटो नै खिच्न ! पाए त बस् गाली जसले पठाएका थिए ।’ स्रोतले भन्यो ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।