
- टेलिभिजन कार्यक्रमको ०:५३ को टाइम ल्याप्समा भनिएको छ, ‘सिएको तयारी कक्षा संचालन गर्न सम्बन्धनको आवश्यक हुन्छ ।’ जुन सरासर गलत हो । कोचिङ कक्षा चलाउन आइक्यानको सम्बन्धन आवश्यक छैन । संस्थाले स्व:ऐक्षिक रुपमा आइक्यानमा सम्बन्धन लिने सक्ने हो । आइक्यानको कुनै पनि नियमले त्यसलाई बध्यात्कारी भनेको छैन । तर त्यहि सम्बन्धन नलिएको भन्दै टेलिभिजनले कतिपय कोचिङ सेन्टरले ‘ठगी’ गरेको उल्लेख छ । यस बिषयमा सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै आइक्यानका अधिकांस काउन्सिल सदस्यले सम्बन्धन लिनु बाध्यात्कारी नभई ‘स्व:ऐक्षिक’ भएको स्पष्ट पारेका छन् ।
- टेलिभिजनले सिए कोचिङ सेन्टरका लागि तयार भएको निर्देशिकाका बारेमा बोलेको छ । तर ती निर्देशिका आइक्यानबाट स्व:ऐक्षिक सम्बन्धन लिएकाहरुका लागि मात्र हो, अरुलाई होइन भन्ने कुरालाई बुझाउन टेलिभिजन चुकेको छ । सम्बन्धन नलिएका कोचिङ सेन्टरको फुटेज देखाएर उसले निर्देशिकाको व्याख्या गरेको छ ।
- कार्यक्रमको ०४:१३ को टाइम ल्याप्समा कार्यक्रममा कतिपय सिए पढाउने कोचिङ संस्था ‘अवैध’ छन् भनिएको छ । जसमा अधिकांसले आपत्ति जनाएका छन् । स्मरण रहोस् काठमाडौँमा संचालित टेलिभिजनले देखाएका कुनै पनि संस्थाहरु अवैध छैनन् । टेलिभिजनले सम्बन्धन नलिएकै आधारमा कोचिङ सेन्टरलाई अवैध भनेको छ, जुन सरासर गलत छ ।
- कार्यक्रमको टाइम ल्याप्स ४:१८ मा एओसी, प्राइम, रिलायबल लगायतकाले विद्यार्थी झुक्याईरहेको भनिएको छ, तर त्यसको सटिक तर्क प्रस्तुत गरिएको छैन । काठमाडौँमा सबैभन्दा बढी विद्यार्थीको भएका संस्था प्राइम र एओसी हुन् ।
- कार्यक्रमको ४:४२ टाइम ल्याप्समा सम्बन्धन नलिनु ‘ठगी’ हो भनिएको छ । तर त्यो कसरी ठगी भयो भन्ने स्पष्ट आधार देखाइएको छैन ।
- कार्यक्रमको ५:३० टाइम ल्याप्समा भनिएको छ, ‘आइक्यानले सम्पूर्ण सिए तयारी कक्षा संचालनको जिम्मेवारी बहन गर्छ। ‘ जुन सरासर गलत छ । आइक्यान लेखा व्यवसायीको नियमनकारी निकाय हो । यसले मागेकाहरुलाई सम्बन्धन दिन्छ तर तयारी कक्षा संचालनको कुनैपनि जिम्मेवारी बहन गर्दैन ।
- ६:४५ टाइम ल्याप्समा नक्कली र सक्कली कोचिङ सेन्टरका बारेमा बोलिएको छ । जवकी काठमाडौँमा संचालित कुनैपनि कोचिङ सेन्टर नक्कली छैनन् । नक्कली भए के आधारमा नक्कली भयो स्पष्ट भनिएको छैन ।
- ७:०० टाइम ल्याप्समा कार्यक्रममा नयाँ बानेश्वरको रिलायबल करियर एकेडेमी नक्कली हो भनिएको छ जुन के आधारमा नक्कली भयो भन्ने स्पष्ट भनिएको छैन ।
- ८:२७ को टाइम ल्याप्समा टेलिभिजनले प्राइम सिएलाई विश्वास नभएको संस्था भनी आरोप लगाएको छ । जवकी नेपालमा हाल सबैभन्दा बढी विद्यार्थी भएको कोचिङ संस्था प्राइम नै हो ।
- ८:४६ टाइम ल्याप्समा टेलिभिजनले विद्यार्थीको फोटो राखेर एओसीले आचारसंहिता उल्लङ्घन गरेको बताइएको छ । जवकी आइक्यानबाट सम्बन्धन लिएका संस्थाहरु बाहेक कसैलाई पनि त्यो आचारसंहिता लाग्दैन । टेलिभिजनले बरु सम्बन्धन लिएका र यस्तो काम गरिरहेका संस्थाहरुबारे बोलेको छैन । सम्बन्धन लिएका सिमा एकेडेमिक्स लगायतका संस्थाले यो आचारसंहिता उल्लङ्घन गरेका छन् ।
- कार्यक्रमले सक्कली संस्था भनेर केहि संस्थाहरुको नाम लिएको छ । टेलिभिजनले भनेजस्तो सीसीएमएमए कलेज भन्ने कुनै संस्थानै काठमाडौँमा छैन । उसले सीसीएमए भन्न खोजेको हुनुपर्छ ।
- कार्यक्रममा सीआइएम एकेडेमी पनि सक्कली संस्था भनिएको छ जवकी यस्तो नाम गरेको कुनै संस्था नै काठमाडौँमा छैन । उसले सीआइएमए भन्न खोजेको हुनुपर्छ ।
- कार्यक्रमको फुटेजमा ‘इलिट इन्स्टिच्युट’ भनिएको छ । त्यस्तो नाम भएको संस्था पनि काठमाडौँमा छैन । उसले इलाइट इन्स्टिच्युट अफ मेनेजमेन्ट भन्न खोजेको हुनुपर्छ ।
- कार्यक्रममा बिरगंज इन्टरनेशनल कलेज पनि सक्कली भनिएको छ जवकी त्यस्तो नाम गरेको कुनै पनि संस्थाले नेपालमा सिएको कोचिङ कक्षा संचालन गर्दैन ।
- कार्यक्रममा एसबिबिआर प्रालि सक्कली संस्था भनिएको छ । जवकी गत बर्षनै उक्त संस्था बन्द भइसकेको छ ।
- कार्यक्रममा सक्कली भनिएको अर्को संस्था हेराल्ड कलेजले सिएको कक्षा नै संचालन गर्दैन ।
- कार्यक्रममा १५ संस्थाले आइक्यानबाट सम्बन्धन लिएका छन् भनिएको छ जवकी आइक्यानले सार्वजनिक सुचनामानै ८ वटा संस्था उल्लेख गरेको छ । नवीकरण नगरेकाहरुको नाम पनि जोड्ने हो भने उक्त सूचीमा प्रिमियर कलेज छुटेको छ ।
- कार्यक्रमको १०:०० टाइम ल्याप्समा सूचीमा भएका बाहेक सबै संस्था नक्कली भएको भनेको भनिएको छ । यसबारे आइक्यान अध्यक्षसँग अन्य काउन्सिल सदस्यले स्पष्टिकरण लिने बुझिएको छ।
- कार्यक्रममा सिए पढाउने संस्थाहरुलाई ‘कलेज’ भनिएको छ, जुन गलत छ। उनीहरु कोचिङ सेन्टरमात्र हुन् ।
- कार्यक्रममा काठमाडौँका ‘अधिकांस सिए संस्था’ भनेर बोल्दा फुटेजचाहिं विराटनगरको एक कलेजको ल्याब देखाइएको छ । उक्त फुटेज पनि टेलिभिजनले चोरेको फुटेज हो ।
हेर्नुहोस् टेलिभिजनले सक्कली दावी गर्ने कतिपय संस्थाको नाम गलत लेखेको छ भने कति हुँदै नभएका र कति बन्द भइसकेका संस्थाहरुको नाम उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्