Skip to content

नेपालका लागि एसीसीएको ‘मार्केट हेड’ मा रविन कटवाल नियुक्त

एसीसीएले नेपालका लागि नयाँ ‘मार्केट हेड’को रुपमा रविन कटवाललाई नियुक्त गरेको छ । एसीसीए नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा रविन कटवाललाई मार्केट हेडको रुपमा नियुक्त गरेको औपचारिक जानकारी गराएको छ । 
एसीसीए क्षेत्रमा निकैनै चर्चित व्यक्तित्वका रुपमा रहेका रविन कटवाल विगत लामो समयदेखि नेपाली एसीसीए क्षेत्रमा काम गर्दै आएका छन् । लामो समयदेखि अध्यापन क्षेत्रमा क्रियाशील रहेका कटवालले बिगतमा नेश्नल कलेज अफ एकाउन्टेन्सीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरेका थिए । 
नेपालको एसीसीएका लागि बजार प्रमुख बनेका रविन कटवालसँग नेपाली एसीसीए क्षेत्रको खास अपेक्षा रहेको सरोकारवालाहरुको भनाइ छ । रविन कटवाललाई सिए सरोकारका तर्फबाट पनि हार्दिक शुभकामना !   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।