Skip to content

एक्यान फुट्सल मेनियामा, जीपी राजवहाक एण्ड कम्पनी बिजयी

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको पहिलो फुट्सल मेनियामा जीपी राजवहाक एण्ड कम्पनी बिजयी भएको छ । हिजो भएको फाइनल खेलमा सुबोध एसोसीएट्सलाइ १-० ले हराउंदै जीपी राज बहाक एण्ड कम्पनीले उक्त जीत हासिल गरेको हो ।
कार्यक्रममा प्रथम हुने समुहलाई ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने दोश्रो हुने समुहलाई ३५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । एक्यानले पहिलो पटक आयोजना गरेको एक्यान फुट्सल मेनियामा विभिन्न सिए फर्म र कर्पोरेट हाउसका सिएहरुको समूहले सहभागीता जनाएका थिए ।  
प्रतियोगितापछी आयोजना भएको पोष्ट म्याच कार्यक्रममा एक्यानका अध्यक्ष हरि सिलवालले र एक्यानका कोषाध्यक्ष दुर्गाप्रसाद ज्ञवालीले आफ्नो भनाइ व्यक्त गरेका थिए । कार्यक्रममा उक्त प्रतियोगितामा सयोग गर्ने, प्रायोजक, ग्लोबल कलेजका प्रतिनिधि, एनाकासाका प्रतिनिधि र पत्रकारलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिजयी टोलीलाई हाम्रो पनि बधाई !  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।