Skip to content

आईसीएआईको मान्यता खारेजी प्रकरणले लियो राष्ट्रिय रुप, ७ विद्यार्थी सङ्गठनको आकस्मिक बैठक बस्दै !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आईसीएआईलाई दिन लागेको मान्यता खारेज गर्ने निर्णय गर्न लागेपछी भारतमा सिए अध्ययन गरिरहेका विद्यार्थी तथा विभिन्न विद्यार्थी नेताहरुको पहलमा केहिबेरमा ७ विद्यार्थी संगठनको बैठक बस्न लागेको खबर प्राप्त भएको छ ।

विद्यार्थी नेता बिमल अधिकारीले दिएको जानकारी अनुसार केहिबेरपछि बागबजारमा ७ विद्यार्थी संगठनको बैठक बस्दै छ भने त्यसपछि बैठकले संयूक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त बिज्ञप्ति आइक्यानमा बुझाउने र सोहि बिज्ञप्ति प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने उनको भनाइ छ ।अनेरास्ववियु, अखिल क्रान्तिकारी , नेपाल विद्यार्थी संघ लगायतका ७ विद्यार्थी संगठनको संयुक्त बैठकबाट यो निर्णयको विरुद्धमा कार्यक्रमको घोषणा हुने समेत विद्यार्थी नेता बिमल अधिकारीले बताएका छन् ।
यता नेपाल चार्टड एकाउन्टेन्ट्स् विद्यार्थी एसोसीएसनले भने कुनैपनि हालतमा यो निर्णय हुने दावी गरेको छ । एसोसीएसनका अध्यक्ष ऋषि पोखरेलले सिए सरोकारसँग कुराकानी गर्दै आफ्नो बर्षौंदेखिको माग पूरा हुन लागेको र यो निर्णय कुनैपनि हालतमा पूरा हुने दावी गरेका थिए ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।