
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – एनबी समूहअन्तर्गतको एनबी मार्केटिङ कम्पनी, सांग्रिला इन्भेष्टमेन्ट कम्पनी, जेनिथ इन्भेष्टमेन्ट कम्पनीसहितका कम्पनीहरुले एनसीसी बैंक, पीवाईसी एसोसिएट्स एण्ड चार्टर्ड एकान्टेन्स कम्पनी र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर यही वैशाख २४ गते उत्प्रेषणसम्बन्धी दायर गरेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजलासले वैशाख २८ गते बिहीबार एनसीसीको नाउँमा अन्तरिम आदेश जारी गर्दै एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न आदेश दिएपछी एपेक्स र एनसीसी मर्जरका क्रममा डीडीए गर्ने पिवाईसी एण्ड एसोसीएट्स थप विवादमा तानिएको छ । सोही मुद्दामा यही जेठ ९ गते मंगलबार भएको सुुनुुवाइमा न्यायाधीशद्वय प्रमोदकुुमार वैद्य र रमेशकुमार खत्रीको संयुुक्त इजलासले एपेक्सको सम्पूर्ण खाता छुट्टै राख्ने गरी यसअघि दिएको आदेशलाई नै निरन्तरता दिएको हो ।
तत्कालीन समयमा एनसीसीले एपेक्सलाई गाभ्दा पीवाईसी एण्ड एसोसिएट्सले एपेक्सको सम्पत्ति मूल्यांकन दायित्व (डीडीए) सम्बन्धी प्रतिवेदन तयार पारेको थियो । रिर्पोट तयार पार्दा उक्त सिए फर्मले एपेक्समा रहेको करोडौं रुपैयाँ खराब कर्जालाई समेत असल कर्जा भनी डीडीए रिपोर्ट तयार गरेको आरोपसहित मुद्धा परेको थियो । सोही रिपोर्टका आधारमा एनसीसी र एपेक्स मर्ज हुँदा एनसीसीसँग मर्जरमा जाने अन्य संस्थाका लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुुमाउनुुपरेको तर्क पेस गर्दै एनबी समूहले एनसीसी बैंक,, पीवाईसी र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्