Skip to content

समातिए चुणामणि शर्मा, अख्तियार स्रोत भन्छ ‘आधा दर्जन सिएहरु अनुसन्धानको घेराभित्र छन्’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौं : आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । उनलाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो । अख्तियार स्रोतले दिएको जानकारी अनुसार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। अन्य विवरण आउन बाँकी छ।

यसैबीच अख्तियार स्रोतले शर्मासहित अन्य केहिपनि अनुसन्धानको घेरामा रहेकाले उनीहरुलाइ पनि सोधपुछका लागि छिट्टै नै पक्राउ गरिने जानकारी दिएको छ । ‘चुणामणि शर्मालाई भेट मिलाईदिएकै भरमा ३ लाख रुपैयाँ पैसा लिने सिए पनि छन् भन्ने तथ्यमाथि अनुसन्धान जारी छ । आधा दर्जन सिएहरु अनुसन्धानको घेरामा छन् र कुनैपनि बेला अख्तियारले सोधपुछका लागि बोलाउन सक्छ ।’

सिए सरोकारसँग कुराकानी गर्दै अख्तियार स्रोतले यस्तो खुलासा गरेको हो । यध्यपी यो प्रकरणमा सम्भावित सिएहरु को को हुन् भन्ने बारे भने स्रोत खुलेको छैन । शनिबार विदा पर्ने गरी पक्राउ गर्ने चलन भएकाले सिएहरुको समय कुनै शुक्रबार आउन सक्ने उनको भनाइ थियो ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।