Skip to content

एक्यानको ‘बुटक्याम्प अन ट्रान्सफर प्राइसिङ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न‘ (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९एक्यान० ले ‘बुटक्याम्प अन ट्रान्सफर प्राइसिङ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । एक्यानले शुक्रबार होटल क्राउन इम्पेरियलमा स्थानान्तरण मूल्य निर्धारणमा ६ दिनको गहन बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा नीतिनिर्माता र नियामक आफैं लगायत विभिन्न क्षेत्रहरूबाट सहभागी प्यानेलिस्टहरूसँग स्थानान्तरण मूल्य निर्धारणमा प्यानल छलफल भएको थियो । सो कार्यक्रममा एक्सर्पट ट्रान्सफर प्राइसिङ सञ्जय कुमार, कर कार्यालयका प्रमुख ऋषिराम पोखरेल, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका प्रतिनिधि सिए सन्तोष विष्ट, सिए मधु पोख्रेल, सिए सुगरीका उदास र सिए प्रेम अर्यालबीच प्यानल छलफल भएको थियो ।

यता नेपालमा ट्रान्सफर प्राइसिङ निर्देशन लागु गर्दाको फाइदा, सम्बन्धित निकायलाई पर्ने प्रभाव, कर आधारको निर्माणमा हुने असरको विषयमा प्यानेलिस्टहरूसँग बृहत् छलफल भएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।