Skip to content

नेपाली विद्यार्थी पनि के कम ? एसीसीएको परिक्षामा रेजिका महर्जन भइन् विश्व प्रथम !


काठमाडौं – एसीसीएले  २०१७ जुनमा लिएको परिक्षामा एसीसीएको तेश्रो तह प्रोफेसनल तह अन्तर्गतको ‘बिजनेस एनलाइसिस प्रोफेसनल’को परीक्षामा नेपाली विद्यार्थी विश्व प्रथम भएकी छिन् । द ब्रिटिश कलेजमा अध्ययन गरेकी रेजिका महर्जन उक्त परिक्षामा विश्व प्रथम भएकी हुन् । यसभन्दा अघि उनी एसीसीएको दोश्रो तह ‘स्किल लेभल’ परीक्षामा नेपाल प्रथम भइसकेकी थिईन् । प्रोफेसनल लेभल अन्तर्गत उक्त विषयमा नेपालीले विश्वकै प्रथम स्थान प्राप्त गरेको यो पहिलो पटक हो ।

यसैबीच विश्व प्रथम भएकी महर्जनलाई एक कार्यक्रमका बीच सम्मान समेत गरिएको छ । उनलाई नगद रु २०००० समेत प्रदान गरिएको थियो । एसीसीएमा उत्कृष्ट भएकी महर्जनको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले नेपाली विद्यार्थीले पनि एसीसीएको नतिजामा यसरी उत्कृष्ट नतिजा ल्याउनु निकै गर्वको कुरा रहेको बताएका थिए । कार्यक्रममा नेपालमा रहेका विभिन्न एसीसीएका सदस्य, महर्जन अध्ययन गरेको ब्रिटिश कलेजमा प्रतिनिधि लगायतको उपस्थिति थियो ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।