Skip to content

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारीमा आइक्यानका सदस्य झनक राज ढुंगेल नियुक्त

  • सिए  सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइसी एसिया क्यापिटलले नयाँ सीइओ पाएको छ । कम्पनीले झनक राज ढुंगेललाई सीइओ पदमा नियुक्त गरेको छ । कम्पनीको ३९औ सञ्चालक समितिको बैठकले ढुंगेललाइ उक्त पदमा नियुक्त गरेको हो । रामच चन्द्र खनालले कम्पनीबाट राजीनामा दिएपछि उनलाई कम्पनीले सीइओ पदमा नियुक्त गरेको हो । खनाल एनआइसी एसिया क्यापिटल छोडेर कुमारी बैंक जाने भएका छन् । 
यसअघि ढुंगेल अरनिको विकास बैंकमा सीइओको रुपमा आबद्ध रहेका थिए । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सदस्य पनि हुन् । उनी नेपाल अडिटर्स  एसोसीएसन (अडान)का केन्द्रीय सदस्य समेत हुन् ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।