
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- वर्ल्ड एकाउन्टेन्सी एजुकेसन डे आइक्यानले भव्य रुपमा मनाउने भएको छ । यहि कार्तिक २४ गते शुक्रबार (भोलि) आइक्यानले विशेष कार्यक्रमहरु गरी यो दिनलाई भव्य रुपमा मनाउन लागेको हो । आइफ्याकमा निर्णय भएअनुसार आइफ्याकका सदस्य संस्थाहरुले नोभेम्बर १० लाई वर्ल्ड एकाउन्टेन्सी एजुकेसन डे का रुपमा माउने कार्यक्रम अन्तर्गत नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आधुनिक लेखाका विप्ता भनी परिचित लुका पासीओलीले नोभेम्बर १०, १४९४ मा ‘Everything About Ariothmetic, Geometry and Proportion नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक बर्ष यो दिन विशेष रुपमा मनाउने गरिन्छ ।
यसै अवसरमा आइक्यानले पनि दुइ विशेष कार्यक्रमहरु गर्ने भएको चाह । २०७४ कार्तिक २४ गते विहान भृकुटी मन्डप बाट सुरु गरेर भद्रकाली, न्यूरोड जमल, दरबारमार्ग हुँदै भृकुटी मण्डपमा समापन गरी वाकाथन कार्यक्रम आयोजना गर्ने कार्यक्रम राखिएको संस्थाका अध्यक्ष प्रकाश जंग थापाले सिए सरोकारलाई बताए । उक्त कार्यक्रममा आइक्यानका विद्यार्थी, सदस्य लगायतको उपस्थिति हुने बताइएको छ ।
यसका साथै सोहि दिन आइक्यानले अपरान्ह २ बजे युनाइटेड वार्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा एकाउन्टेन्सी एजुकेसन डे विषयमा प्यानल डिस्कसन को कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा पहिलो २५ आइक्यानका विद्यार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रमको सिए सरोकार र अर्थ सरोकार डटकमले विशेष कभर प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्