
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३३औं साधारणसभा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । उक्त अवसरमा सभामा उपस्थित विभिन्न वक्ताहरुले आफ्नो धारणा राखेका थिए भने सिएको परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।
यद्यपी चुनावी माहोलका कारण साधारणसभाप्रति कसैको ध्यान नगएको देखिन्थ्यो । सबैजना चुनावी माहोलमा भएकाले साधारणसभामा कसैको ध्यान नजाँदा बोल्नेहरु बोलिरहने, सुन्न कसैले नसुन्ने अवस्था देखिएको उक्त साधारणसभाको माहोल पनि निकै ‘गरम’ देखिएको थियो । अहिलेसम्म एक्यानको कार्यक्रममा यतिधेरै सिएहरु देखिएका थिएनन् । यसपाली चुनाव भएकाले र त्यसमा पनि ५०० बढी नयाँ सदस्य थपिएकाले पनि यस्तो भीड देखिएको हो ।
अहिले एक्यानमा विभिन्न पदमा मतदान भइरहेको छ । केहि समयभित्र नतिजा प्रकाशन हुनेछ । सिए सरोकार हेर्दै रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्