
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ – अरुलाई अनुशासन र इथिक्सका कुरा सिकाएर नथाक्ने सिएहरु धेरै छन् । त्यसमधेपनि बजारमा को-को त्यस्ता कथित मोटिभेटर छन् र कति मात्र ‘एटेन्सन सीकर’ छन् भन्ने पनि कसैमाझ लुकेको छैन । तर एक्यानको साधारणसभामा देखिएका केहि अनुशासनहीनताका चरम रुपका घटनाबारे सुनेपछी तपाईंले मनन गर्नुहुनेछ वा उक्त घटना देखेका सिएहरुले मनन गर्नुनै भएको छ होला । नदेख्ने सिएलाई देखेका हामीले सुनाउँदैछौं :
१. एक्यानको साधारणसभा । हलमा लोकगीत घन्कनु कतिको जायज हो ? कुनैपनि फ्रोफेसनलहरुको चुनावमा यस्तो हुँदैन । सामान्य धुन बजाइन्छ वा राष्ट्रिय गीत । यसले सिएहरुको इज्जत कहाँ पुग्यो ? सुन्दा सामान्य लाग्ने भएपनि यो अनुसाशनहीनताको चरम पराकाष्टा हो । साधारणसभामा यो देखेका सिएहरु नेतृत्वप्रति ‘फायर’ भए ।त्यतिनै बेला अतिथिले तपाईंहरुको अनुशासन पुगेन भन्दा सिएहरुको इज्जत कहाँ पुग्यो ?
२. व्यवस्थापन यतिसम्म कमजोर थियो कि, अतिथि आएर, ‘कार्यक्रम कहाँ हो ? कसलाई भेट्ने ? ‘ सम्म सोध्नु परेको थियो । उनलाई रिसिभ गर्ने पनि कोहि भएनन् । अध्यक्षज्यू आफ्नै सुरमा मस्त थिए । उनले पाएको व्यवहारले सिएहरु प्रति उनको दृष्टिकोण के भयो होला ? सिएहरु यो कुराले पनि हरि सिलवालसँग फायर छन् ।
३. मतगणना हुँदै थियो । हरि सिलवाल त गणनास्थलमै प्लेट बोकेर खाना खाँदै पो आइपुगे । हरेक कुराको ठाउँ र समय हुन्छ । यो त अनुशासनहिनताको पनि चरम परकाकाष्टा भयो भन्दै सिएहरुमाझ चर्चा हुन थालेको छ ।
जुनियरले के सिक्ने ?
तत्कालीन अध्यक्ष सिलवालले यी ३ प्रश्नको उत्तर दिन थाले भने थुप्रै लजिकहरु सुन्नुपर्ने भएकाले चुप भएर बस्न नै ठिक ठानेको सिएहरु बताउँछन् । तर कुन बेला के गर्ने भन्ने थाहा नपाउने सिलवालसँग जुनियरले के सिक्ने ? उनी ठाउँ-ठाउँमा गएर मोटिभेट गर्ने भन्दै घन्टौंको सेसन लिन्छन् । पहिला आफु सुध्रिएर पो अरुलाई सुधार्ने प्रयास गर्ने कि ! ? माथि उल्लेखित घटनाहरुले सिएहरु सिलवालसंग झनै रुष्ट बनेका छन् ।
चुनाव हार्ने पक्का !
यहिबीच हरि सिलवाल आगामी आइक्यानको काउन्सिलमा उठ्ने पनि चर्चा चलेको छ । तर हरि सिलवालको एक्यानको नेतृत्व र यस्ता धेरैकुराले उनको हार निश्चितप्राय: भैसकेको छ । सिएहरुको ठुलो जमात अव हरि सिलवाललाई भोट हाल्ने कि नहाल्ने भन्दापनि आफुचाहिं पक्का नहाल्ने अरुलाई पनि नहाल भन्ने सल्लाह दिने मनसायसम्म पुगेका छन् । यहि कारण उनी उठेको खण्डमा चुनाव हार्ने पक्कापक्की देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्