
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउटेन्ट्स संस्था (आइक्यान)को आगामी जेठमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्रमा १५ जनाले आफ्नो नाम दर्ता गराएका छन् । उक्त निर्वाचनका लागि हालका उपाध्यक्ष जगन्नाथ उपाध्याय निरौलादेखि थुप्रै पटक उपाध्यक्षको निर्वाचन हारेका भाष्कर सिंह लालासम्मले आफ्नो उम्मेद्वारी दिएका छन् ।

यता रजिस्टर्ड अडिटरतर्फबाट भने ४ जना नै निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्