Skip to content

एसीसीएको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु सम्मानित, F9 मा वर्ल्ड टप गरेर सोनिका महर्जनले बढाइन् नेपालको शान !

काठमाडौँ- सीसीए स्कुल अफ एकाउन्टेन्सीले एसीसीएको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मानित गरेको छ । केहि दिन अघि एक विशेष कार्यक्रमको आयोजना गरी सीसीएले विद्यार्थीहरुलाई सम्मानित गरको हो । सम्मानित हुनेमा सीसीएमा अध्ययन गरेर एसीसीएको परिक्षामा एफ नाइन अन्तर्गत वर्ल्ड टप गर्ने सोनिका महर्जन लगायतका विद्यार्थी थिए । 
सीसीएले विद्यार्थीहरुलाई नगद पुरस्कारसमेत प्रदान गरेको थियो । कार्यक्रममा एसीसीए नेपालका प्रमुख रविन कटवाल, सीसीएका प्रतिनिधिहरु र विद्यार्थीहरुको उपस्थिति थियो । पछिल्लो समय विद्यार्थीमाझ प्रिय हुँदै आएको सीसीए स्कुल अफ एकाउन्टेन्सीले नतिजामा समेत आफुलाई अब्बल ठहर्याउँदै आएको छ । साथै सीसीएमा एसीसीएका लागि भर्ना समेत खुलेको जनाकारी सीसीसीएले दिएको छ ।
एसीसीए विश्वव्यापी मान्यता भएको प्रोफेसनल कोर्ष हो । प्लस टु सकेका विद्यार्थीहरुले यो कोर्षमा भर्ना हुन सीसीएमा सम्पर्क गर्न सक्नेछन् ।  हेरौं कार्यक्रमका केहि झलकहरु :

प्रतिक्रिया दिनुहोस्