Skip to content

सिनियरको सकस :कुनैबेला आफ्नै प्रस्तावकले नपत्याएका मदन शर्मालाई काउन्सिलको चुनावमा भोटरले पत्याउलान् त ?

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को काउन्सिलको चुनाव जति नजिकिंदै छ, त्यति नै अनुमान, आशंका र चुनावी पोल बनाउने रफ्तार बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभाकै चुनावको झल्को आउनेगरी उम्मेदवारहरु साम, नाम दण्ड, भेद सबै प्रयोग गरिरहेका छन् । यहिबीच कस-कसले चुनाव जित्लान् र कस-कसले हार्लान् भन्ने अनुमान चलिरहेको छ । विहान फेसबुकमा, दिउँसो फोनमा र राती रेष्टुराँमा भेटेर चुनावमा भोट माग्न तल्लीन छन् सबै उम्मेदवार । यसमध्ये उम्मेदवारहरुमध्येमै अनुभवी बर्षका हिसावले सबै भन्दा सिनियर व्यक्ति मदन शर्माले काउन्सिलको चुनाव जित्लान् वा हार्लान् भन्ने अनुमान वा आशंकाहरु पनि हुन थालेका छन् ।
मदन शर्मासम्बन्धि किस्सा जो ‘हिट’ छ अहिले बजारमा ! 
मदन शर्मा यसअघि काउन्सिलको सदस्य भएको समयको कुरा हो । उपाध्यक्षका लागि उनले उम्मेद्वारी दिएछन् । तर अन्तिममा भोट गन्दा उनको मात्र १ भोट आएछ । सामान्यतया आफ्नो, प्रस्तावक, र समर्थकसहित ३ भोट त जसरी पनि आउनुपर्ने हो । तर उनलाई कसैले पत्याएनन् । नतिजा आइसकेपछी उनका प्रस्तावकले उनलाई जिस्क्याएछन्, ‘मैले त हालेको हो त भोट ! तपाईंलेचाहिं अआफुलाई नहालेर अरुलाई हाल्नुभएको। … ?’ मदन शर्मा त्यतिबेला केहि बोलेनन् रे ! तर अहिले उक्त किस्सा बजारमा चर्चाको शिखरमा छ । गत चुनावमा जीत हाँसील गरेका राम प्रबोध शाहसहितका केहि सिए उनलाई जिताउन लागि परेका छन् भन्ने सुनिएका बेला बजारमा खरो चर्चा छ, ‘आफ्नै प्रस्तावकले नपत्याएका मदन शर्मालाई यसपाली कसले पत्याउने ?

सहारा राम्रो प्रबोधको तर पनि डेन्जर जोनमै छन् मदन शर्मा !
यसो त उनले राम्रो प्रबोध शाहको समर्थन पाएका छन् । राम प्रबोध शाहपनि खुलेरै मदन शर्माका लागि भोट मागिरहेका छन् । तर यसअघि राम प्रबोध शाहका धेरै भोट क्षेत्रीयवादी थिए । मधेसी भएकाले मधेसीलाई नै भोट हाल्ने ट्रेन्ड चलेको थियो गत चुनावमा । त्यसैले पनि यसपाली मदन शर्माले चुनाव जित्छन् नै भन्न सकिने अवस्था छैन । उनका अधिकांस आर्टिकलहरुले अन्तै भोट ‘कमिटमेन्ट’ गरिसकेको देखिन्छ । उनी जुनियरमाझ आउन सकेका छैनन् भने धेरै सिनियरहरुले उनलाई पत्याउन छाडीसके । सिनियरहरुमध्ये पनि धेरैले उपाध्यक्षलाई नै भोट दिने चलन छ । यसकारण पनि मदन शर्मा डेन्जर जोनमा छन् । चुनाव जितेको खण्डमा अध्यक्षनै ‘पड्काउने’ गरी आइक्यानमा छिर्न खोजेका मदन शर्माको आफ्नै प्रयासबाट आउने भोट पनि कम नै देखिन्छ । यद्यपी राम प्रबोध शाहले अन्तिम समयमा आफ्ना भोटरहरुलाई अन्त जानबाट जोगाए भने मदन शर्मा ९ वा मा जित्न सक्ने क्यान्डीडेट हुन् । यसका अलावा केहि ठुला भनिएका फर्महरुले उनलाई भोट नहाल्न एक पटक लविङसमेत गरेको चर्चा बाहिर आएको छ ।   
बजारमा चलेको यस्तो हल्ला पनि मदन शर्मालाई घातक हुने संकेत !
मदन शर्माले केहि सिनियरहरुलाई भोट माग्दै आफुले सबैलाई नभई ‘प्रोफेसनल’हरुलाई मात्र भोट माग्ने  बताएछन् । ती सिनियरले मदन शर्माले यसो भने भनेर अन्य केहीलाई सुनाएछन् । चुनाव न पर्यो, एक कान दुई कान हुँदै यो चर्चा जताततै पुग्यो । प्रोफेसनल त सबै प्रोफेसनल नै हुन् । उनले भन्न खोजेको के हो ? भन्दै धेरै बिच्किएका पनि छन् । कतिपयले मदन शर्माले मलाइ भोट मागेनन्, भनेपछि म नन् प्रोफेसनल त ? तिनलाई त हराउनुपर्छ भन्दै मदन शर्माका केहि भोट पनि काटेका छन् । मदन शर्मा निकै सिनियर व्यक्ति हुन् । यो कुरामा कुनै शंका छैन । तर उनी नेता बन्न जान्दैनन् । पछिल्लो समय आइक्यानको राजनीति कसरीसम्म लागेको छ भन्ने तथ्य उनले कम बुझेका छन् । त्यसैले पनि धेरथोर मतदाता बिच्किएको कुरामा कुनै शंका नै छैन । यसो त उनी अध्यात्मतिर पनि बढी चासो राख्छन् । अव जाँड पलाउनुपर्ने, र पैसा खेलाउनुपर्ने समयमा भजनमण्डलीतिर ध्यान दिने दिमाग मात्र चलाएर चुनाव जित्न सहज पक्कै छैन । अधिकांस मतदाताले त मदन शर्माले आफुलाई भोट नै नमागेको गुनासो गरेका छन् । कतिपय आन्तरिक गुटको घमण्डले शर्माले भोट मागेनन् भनेर उनलाई हराउनुपर्छ भनेर समेत लागेका छन् । 
के भन्छन् मदन शर्मा ?
यता मदन शर्माले आफुले माग्नु पर्ने ठाउँमा भोट मागेको र आफुलाई ‘कमिटमेन्ट’ गर्नेहरुले धोका नदिएको खण्डमा आफुलाइ पुग्ने भोट आफुसँग भएको बताएका छन् । ‘सीएससी नामको आफ्नै ब्राण्ड पनि छ । हामीकहाँ काम गर्नुभएको धेरै सिए हुनुहुन्छ । हामीलाई सबै भोट पनि चाहिने होइन । अव हेर्दै जाउँ के हुन्छ। ‘ तपाईंले त भोट नै धेरैलाई माग्नुभएको छैन भन्ने गुनासो छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘अव ११०० बढी भोटर छन्, सबैलाई माग्ने कुरा पनि भएन । माग्नुपर्ने जातिलाई मागेको छु, हेरौं के हुन्छ !’
यो पनि पढ्नुहोस् :





प्रतिक्रिया दिनुहोस्