Skip to content

जगन्नाथ उपाध्यायकै हालत यस्तो, ‘बाहिर ‘झलमल’, भित्र अलमल’ ! भोट बढाउन रजिष्टर्ड अडिटरको साहारा ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – चुनाव जति नजिकिंदै छ, भोटरहरुलाई उतिकै रमाइलो छ । जति भोटरलाई रमाइलो छ त्यति नै उम्मेदवारको ढुकढुकी बढ्ने क्रम जारी छ । यसो त कृष्ण आचार्य, विद्यावारिधि लगायतका केहि उम्मेदवारलाई छोडेर आफु चुनाव जित्छु भन्ने ‘कन्फिडेन्स्’ कसैलाई पनि छैन । यस्तै कन्फीडेन्स् हराएका उम्मेदवारमध्ये हुन् जगन्नाथ उपाध्याय । हालको उपाध्यक्ष भएका कारण स्वाभाविक पनि उनको जीतको आंकलन धेरैले गरेका छन् । तर उनलाई पनि थाहा भएको सत्य र धेरैले मनन पनि गरेको तथ्य के हो भने बाहिर देखिएको जस्तो झलमल छैन उनको चुनावी पोजिसन । गत चुनावमा पनि थोरै मात्र भोट ल्याएर जितेका उनले यसपाली भयङ्कर भोट ल्याउलान् भन्ने धेरैको अड्कल सहि नहुन सक्छ । हिसाब नै गर्ने हो भने त पहिलाको चुनावमा उनले ल्याएको भोटको दोब्बर भोट आउँदा पनि यसपाली उनले चुनाव जित्दैनन् । तर उनको तयारी त्यहाँभन्दा धेरै व्यापक भएको कुरा सत्य भने हो ।       

यसकारण बढेन बढेन ‘चुनावी चार्म’ ? भोट बढाउन रजिष्टर्ड अडिटरको साहारा ?
साधारणतया उपाध्यक्ष भएको मान्छे अध्यक्षमा आउँछ नै भन्ने हुन्छ । सोहि अनुसार उपाध्यक्षको ‘चार्म’ छुट्टै हुन्छ । तर जगन्नाथ उपाध्यायको चार्म त्यस्तो राम्रो देखिएको छैन यसपाली । उनका नजिकका भोटसमेत अरुले आफ्नो पोल्टामा पारिसकेका छन् । पोहोरसाल ‘तानतुन’ गरेका चुनाव जितेका उनलाई यसपालीको चुनाव पोहोर सालको भन्दा अफ्ट्यारो पक्कै छ । यद्यपी उनले जित्ने अड्कल धेरैको छ । उपाध्यक्षले पनि जितेनन् भने त त्यो भन्दा ‘अन्तराष्ट्रिय’ बेइज्जत के हुन सक्छ र ? उनको चुनावी चार्म नबढ्नुका पछाडी उनलाई लागेको  कोहि व्यक्ति विशेषको ‘ट्याग’ पनि हो । त्यसमाथि अनुभवका आधारमा रजिष्टर्ड अडिटरहरुलाई सिए बनाउने, एक व्यक्ति एक पेशाको नीति अझै पर सार्ने, आइक्यानमा हुने कुनै पनि निर्णय आरएहरुको हक विपरित नगर्ने लगायतका सर्तसहित अध्यक्ष बन्न लागेका चर्चा चलेका आइक्यानका हालका उपाध्यक्ष जग्गन्नाथ उपाध्यायले आरएकै लविङमा भकाभक भोट बढाईरहेको खबर प्राप्त भएको छ । आइक्यानको उपाध्यक्ष भएर पनि मुस्किलले ४५ भोट ग्यारेन्टी भएका उनले आरएहरुलाई लविङ गर्नका लागि अनुरोध गरेपछि आरएहरुका एजेन्डाहरुलाई आँखा चिम्लेरै मान्ने सर्तमा अहिले उपाध्यायका  लागि आरएहरुले भोट मागिदिएपछि उनले आफ्नो भोटलाई झन्डै-झन्डै डबल बनाएको खबर छ । ती भोटमा २०-२५ भोट नै काटिएभने पनि उनको जीत निश्चित भएको छ । तर आरएहरुको भोटबिना उनको जीत अनिश्चित नै थियो । 

उपाध्यायका एजेन्डा सबै आरएका पक्षमा ! जगन्नाथ उपाध्याय हराउने अभियानमा लाग्दै सिएहरु !
जगन्नाथ उपाध्याय चुनाव जितेको खण्डमा हुनेवाला अध्यक्ष हुन् । तर उनले आइक्यानमा राम्रो काम गर्ने भन्दापनि आरएका मुद्धालाई संस्थागत गर्ने प्रतिबद्धता रजिस्टर्ड अडिटरमाझ राखीसकेका छन् । अनुभवका आधारमा आरएहरुलाई सिएको सर्टिफिकेट दिने, एक व्यक्ति एक पेशाको कार्वानयन पछि धकेल्ने लगायतका एजेन्डा बोकेर उनी हिडेकै कारण उनलाई कुनै पनि हालतमा जिताउनुपर्छ भन्दै आरएहरुका नेताहरु नै लागेको बुझिएको छ । गत चुनावमा उनी निकै कम मत ल्याएर मात्र जितेका थिए । उनका गत चुनावको चुनावको दोब्बर नै आएको खण्डमा पनि उनले यसपाली चुनाव जित्दैनन् । तर आरएहरु नै लागेपछि उनी जितको नजिक पुगेका छन् । तर यहि विषयलाई लिएर उनका केहि भोट काटिएका पनि छन् । यस्तो समयमा उनलाई आरएहरुसँग मिलेर काम गरेका सिएहरुले आँखा चिम्लेर सहयोग गरेकोसमेत पाइएको छ । यसो त जगन्नाथ उपाध्यायले विशुद्ध आरएहरुका मात्र मुद्धा लिएर अगाडी बढेको भन्दै यसपाली उनलाई हराएर अध्यक्षमा विकल्प खोज्नुपर्ने भन्दै केहि सिएहरु लागेका छन् । उपाध्यायबाहेक नै यसपालीको काउन्सिलमा उठेकामध्ये अध्यक्ष हुन्छु भन्ने लाइनमा बसेका नै ४ जना भएकाले पनि यो सम्भावनालाइ नकारीहाल्न पनि सकिने अवस्था छैन ।

के भन्छन् जगन्नाथ उपाध्याय ?
यस विषयमा बुझ्न र उनको चुनावी तयारीबारे थाहा पाउन हामीले उनलाई सम्पर्क गरेका थियौं । ‘चुनावी तयारी कस्तो छ ?’ हाम्रो प्रश्नमा उनको सीधा उत्तर थियो, ‘हुँदैछ । हेरौं के हुन्छ ।’ अनि तपाईं त एक व्यक्ति एक पेशाको नीति फेरि सार्ने भन्ने कुरा उठीरहेको छ रे नि ! कुरा के हो ?’ हाम्रो प्रश्नमा उनले अचम्मको उत्तर फर्काए, ‘अँ ! त्यो त २-३ बर्षलाई सरिसक्यो त ! ‘ हामीले पुन: प्रश्न गर्यौं, ‘फेरि सर्यो र ? एक पटक नरेन्द्र भट्टराइ अध्यक्ष भएको अन्तिम बैठकमा सरेको थियो अव सरेको समय सक्किएको होइन र ?’ उनले जवाफ फर्काए, ‘होइन होइन ! त्यो पछि पनि फेरि २-३ बर्षलाई सरिसक्यो ।’ हामीले उनको घुमाउरो कुरा बुझ्यौं । त्यसपछि हामीले पुन: सोध्यौं ‘आरएहरुलाई सिए बनाउने एजेन्डा पनि आउंदैछ रे तपाईं अध्यक्ष भएपछि कुरा के हो ?’ उनले  केहि बेर अड्किएर जवाफ फर्काए, ‘तत्काल त्यस्तो प्लान छैन ।’   बजारमा उनी सुबोध कर्ण भन्दा कमजोर अंग्रेजी बोल्ने सिएका रुपमा पनि परिचित छन् ।  


यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्