Skip to content

पियुष आनन्दको चुनावी पोजिसन : पोष्टल भोटले बढायो आशा यस्ता, गत चुनावको पराजयको बदला लेलान् त आनन्दले ?

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- आइक्यानको चुनाव नजिकिंदै गर्दा कुन उम्मेदवारको पोजिसन के छ भन्ने कुराको बाक्लो चर्चा हुन थालेको छ । यसैबीच गत चुनावमा पराजित भएको बदला लिंदै यसपाली चुनाव कुनै हालतमा जित्ने दाउमा छन् पियुष आनन्द । कस-कसले चुनावमा भोट दिन्छन्, वा कसकसले दिंदैनन् भन्ने राम्रोसँग बुझेका उनलाई यसपालीको चुनावमा जित्ने आशामात्र होइन आत्मविश्वास पनि छ । यद्यपी उनले जितेको खण्डमा पनि अन्तिम २ भन्दा माथि आउन सक्ने स्थिति नरहेको भने सत्य हो ।
पोष्टल भोटले आशा जगायो तर अझै छन् चुनौती !
यसो त पियुष आनन्द आफुलाई पोष्टल भोटले आशा बढाएको बताउँछन् । उनका अनुसार उनलाई राम्रो संख्यामा पोष्टल भोट आएको छ । पहिलाको चुनावमा आफुलाई २ नम्बरको भोट हालेकाहरुलाई पनि यसपाली १ नम्बरमा तानेर आफु जीत नजीक पुगीसकेको उनको दावी छ । यद्यपी आफ्नै नातेदार पर्ने सुबोध कर्णसँगको बिग्रिएको सम्बन्ध, गत चुनावमा हारको अनुभव र बढेका सदस्यहरुमा आफ्नो पहुँचका कारण उनलाई चुनौती भने कम भएको छैन । ७ स्थानसम्म जित कसको हुन्छ भन्ने स्पष्ट खाका आइसकेकोले अन्तिम ३ मा व्यापक प्रतिष्पर्धा हुने कुरा उनलाई पनि राम्रोसँग थाहा छ । यो प्रतिष्पर्धामा होमिनु उनका लागि पनि कम चुनौतीपूर्ण पक्कै पनि छैन भन्ने धेरैको विश्लेषण छ । यसो त प्रमोद स्वर्णकार र मदन शर्माले उनका भोट काट्ने र उनले ती दुईका भोट काट्ने क्रम तीब्र गतिमा चलेको कुरामा पनि कसैको दुईमत छैन । 

आफ्नैले साथ नदिएको परिणामका बाबजुत माथि उठ्लान् त पियुष !
खासमा पियुष आनन्द सुबोध कर्णका नजिकका आफन्त हुन् । तर उनले कर्णको भर लिएका छैनन् । बरु आफ्नै हिसावले सबैसँग भोट मागेका छन् । गत चुनावमा पनि कर्णले उनलाई खुलेरै असहयोग गरेको कुरा बजारमा धेरैलाई थाहा छ । गत चुनावमा हारेको बदला निकै कुटनीतिक ढंगले लिने सोचमा रहेका उनी भन्छन्, ‘म ग्राउण्डमै तयारी गरिरहेको छु । म यसपाली जसरी पनि जित्छु भन्ने आत्मविश्वास छ मसँग ।’ यसो त उनलाई जिताउन नेपाल बोर्डकै केहि सिएहरुले भित्रभित्रै राम्रैसँग लागेकाले आनन्दको कन्फीडेन्स् बढेको कुरामा कुनै शंका छैन । 

प्रतिक्रिया दिनुहोस्