Skip to content

प्रमोद स्वर्णकारको दावी, ‘१८ वटा पोष्टल आए, ७० भोट म्यानुअल खस्छन्, स्थिति राम्रो छ, चुनाव जितिन्छ’

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- आइक्यानको चुनावमा आफ्ना भोट गुमाएर थुप्रै उम्मेदवारहरु रन्थनिएका छन् । आफ्नो भोट कसैले लग्यो कि वा कसैबाट तान्न पाए हुन्थ्यो भनेर थुप्रै उम्मेदवारहरु त्राहीमाम् छन् । तर यसपाली चुनाव लड्दै गरेका प्रमोद स्वर्णकारले भने आफुलाई १८ वटा पोष्टल भोट आएको र ७० भोट म्यानुअल खस्ने पक्का भएकाले आफ्नो जीत पक्का हुने दावी गरेका छन् । सिए सरोकारसँग कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । ‘यसपाली चुनावको तयारी राम्रो छ । मेरा १८ वटा भोट पोष्टलमार्फत आइसके । ७० भोट त क्लियर रुपमा म्यानुअल आउँछन् । भनेपछि मैले चुनाव जित्छु ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
स्वर्णकारको दावी, ‘२ नम्बर भोट त धेरै छन्’
यता काउन्सिलको चुनावको उम्मेदवार बनेका स्वर्णकारले २ नम्बरको भोट आफुसँग थुप्रै रहेको दावी गरेका छन् ।’ म सँग १८ भोट पोष्टल र ७० भोट म्यानुअल गरेर झन्डै ८८ भोट छन् । त्यसमाथि २ नम्बरको भोट त झन् धेरै छन् । सरसर्ती हिसाव गर्दा पनि यसपाली जित्ने सम्भावना निकै राम्रो छ । म राम्रो पोजिसनमा छु ।’ उनले भने । उनका अनुसार उनलाई पोष्टलले जीत सहज बनाइदिएको छ भने म्यानुअल रुपमा भोट पनि राम्रै आउने भएकाले उनले जित्ने सम्भावना बढी नै छ ।
उनको दावी र बजार विश्लेषण फरक देखियो !
यद्यपी स्वर्णकारले दावी गरेजस्तो स्थिति बजारको विश्लेषणमा फरक देखिएको छ । उनले भने अनुसार नै ८८ भोट आउने हो भने त उनको स्थान ५-७ तिरै हुनुपर्ने हो । तर धेरैले स्वर्णकारको स्थान जितेको खण्डमा पनि अन्तिम २मा भनेर टिप्पणी गरेका छन् । हुन त आफ्नो दम आफुलाई मात्र थाहा हुन्छ । उनको दम कति रहेछ अव शुक्रबार बेलुका थाहा भइ नै हाल्छ । यद्यपी उनी निकटका केहि अन्य सिएले पनि उनको स्थिति निकै राम्रो भएको दावी भने गरेका छन् । यता उनका थुप्रै भोट पियुष आनन्द र मदन शर्माले काटेको टिप्पणी गर्नेहरुको संख्या पनि कम छैन ।

प्रतिक्रिया दिनुहोस्