
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- आइक्यानको काउन्सिलको निर्वाचनका लागि मतदान सुरु भएको छ । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन हुँदैछ । निर्वाचन परिसरमा विहानैदेखि सिएहरुको बाक्लो उपस्थिति छ । १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका छन् ।
विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य हुनेछ । निर्वाचनको सबै तयारी सकिएको छ । उम्मेदवारहरु विहानै मतदान स्थल परिसरमा देखिएका छन् । अन्तिम पटक भोट माग्ने प्रक्रिया पनि भइरहेको छ । आजको निर्वाचनको मतगणना आज बेलुका नै हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्