Skip to content

सकियो आइक्यान काउन्सिलको निर्वाचन, केहि समयपछि मतगणना सुरु हुने !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- आइक्यानको काउन्सिलको निर्वाचन आज सम्पन्न भएको छ । विहान ९ बजेदेखि सुरु भएको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको हो । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन सम्पन्न भएको हो । निर्वाचन परिसरमा विहानैदेखि सिएहरुको बाक्लो उपस्थिति थियो भने निर्वाचन क्षेत्र गाडीले खचाखच भरिएको थियो ।  १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएको निर्वाचनमा आइक्यानको परिचयपत्र अनिवार्य गरिएको थियो । 

निर्वाचन सम्पन्न भएसँगै मतगणनाको काम केहि समयमा सुरु हुने बताइएको छ । निर्वाचन निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताइएको छ ।  यद्यपी अन्तिम समयमा भोटहरुभने उथलपुथल भएको संकेत देखिएको छ । मतगणनाको अपडेट सिए सरोकारमा समेत हुनेछ । हेर्दैरहनुहोला ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।