
- सिए सरोकार सम्बाददाता
चितवन – सिए सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल सम्मानित भएका छन् । आर्थिक पत्रकारितामा महत्वपूर्ण योगदान दिएको भन्दै सम्पादक प्याकुरेल सम्मानित भएका हुन् । नेपाल डायरिज प्रालि, लिभ एण्ड लिड र कायकैरन मिडिया नेटवर्कले संयुक्त आयोजनामा आयोजित ‘मिस एसइइ स्टार चितवन’ कार्यक्रममा अतिथिका रुपमा रहेका प्याकुरेललाई आर्थिक क्षेत्रमा खरो कलम चलाएर जनतालाई सुसुचित बनाएको भन्दै सम्मानित गरिएको हो । उक्त कार्यक्रममा महानायक राजेश हमाल प्रमुख अतिथि थिए ।
‘पत्रकार प्याकुरेलले आर्थिक क्षेत्रमा पछिल्लो समय जुन खालको पत्रकारिता अभ्यास गर्नुभएको छ, त्यो देश विदेशमा निकै चर्चामा छ । उनले गरेको खरो पत्रकारिताबाट धेरै जना सचेत पनि भएका छन् ।’ नेपाल डायरीजका प्रबन्ध निर्देशक बिनेश थापाले भने, ‘सुरज प्याकुरेलको कलम अझ तिखो रुपमा अगाडी बढोस् भन्ने कामना सहित उनलाई सम्मान गरेका हौँ ।’
प्रतिक्रिया दिनुहोस्