Skip to content

बेलायतमा रहेका नेपाली प्रोफेशनल एकाउन्टेन्टहरु संगठित हुँदै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- बेलायतमा रहेका नेपाली प्रोफेशनल एकाउन्टेन्टहरु संगठित हुने भएका छन् । यहि २४ जुनका दिन एक कार्यक्रमका बीच ‘नेप्लिज एकाउन्टेन्ट्स एसोसिएसन यूके’ गठन गर्दै उनीहरु संगठित हुन लागेका हुन् । बेलायतमा रहेका सिए / एसीसीए र अन्य प्रोफेसनल एकाउन्टेन्टहरुको तथ्यांक संकलन गरी उनीहरु संगठित रुपमै अगाडी बढ्न लागेका हुन् ।
गैर राजनीतिक रुपमा काम गर्दै बेलायतमा रहेका नेपाली प्रोफेसनल एकाउन्टेन्टहरु एक हुँदै अगाडी बढ्ने उदेश्यका साथ पहिलो  कार्यसमिति गठन गर्ने तयारी भइरहेको छ । पछिल्लो समय थुप्रै नेपाली सिए / एसीसीएहरुले बेलायतलाई कर्मथलो बनाएका छन् । स्मरण रहोस् यसपालीको एसीसीएको काउन्सिल सदस्यमा समेत नेपाली कृष्ण प्रसाद दाहालले उम्मेद्वारी दिंदैछन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।