Skip to content

एक्यान फुट्सल मेनिया : आइक्यानका अध्यक्ष पनि मैदानमा, लम्सालको टिमलाई युद्धको टिमले हराउँदा हेर्नेलाई ‘रमाइलो’ !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)द्वारा आयोजित ‘एक्यान फुट्सल मेनिया २०१८’ प्रतियोगीताका दोश्रो दिनका खेलहरु पनि सम्पन्न भएका छन् । शुक्रबार भएका खेलहरुमा एनबीएसएम र एओसीबीचको खेलमा एनबीएसएमले जित हात पारेको थियो भने जीएसएन र पीवाईसी बीचको खेलमा जीएसएनले जीत हात पारेको थियो । यसतै जीपी राज्बहाक समूह र आनन्द शर्मा समूहबीचको खेलमा जीपी राजबहाकले जीत हाँसील गएको थियो भने जेकेबीको समूह र सुबोध एसोसीएटस् बीचको हेलमा जेकेबीको समूहले जीत हात पारेको थियो । 
यस्तै विहान सम्पन्न भएका खेलहरुमा एओसी र सीएससीको समूह बीच भएको खेलमा एओसीले जीत हात पारेको थियो भने एनबीएसएम र वाग्ले एण्ड एसोसीएट्सबीचको खेलमा एनबीएसएमले जीत हात पारेको सिए सुवास पौडेलले सिए सरोकारलाई जनाकारी दिएका छन् । शनिबार हुने सेमीफाइनल खेलमा जेकेबी समूह र जीएसएन समूहबीच खेल हुनेछ भने एनबीएसएम र जीपी राजवहाक बीच खेल सम्पन्न हुनेछ । 
फुट्सलको खास रमाइलो त अझ एक्यान र आइक्यानबीचको खेलमा भएको थियो । दुईसंस्थाबीच भएको मैत्रीपूर्ण खेलमा एक्यानले जीत हाँसील गरेको थियो । अझ रमाइलो त के छ भने केहि समय अघि मात्र भएको चुनावमा युद्धले जितेपछि प्रकाश लम्साललाई ठुलो चोट परेको विश्लेषण भइरहेका बेला हिजोको फुट्सल प्रतियोगीतामा पनि प्रकाश लम्सालको टिमलाई युद्ध ओली को टिमले जितेको थियो । यसले फुट्सल मैदानमा चर्चा गर्नेहरुलाई नयाँ ‘मसला’ थपिएको थियो ।
आज एक्यान र अडानबीच मैत्रीपूर्ण खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।