Skip to content

अडानले भव्य रुपमा मनायो आफ्नो १९औँ वार्षिकोत्सव, ७० तस्बिरमा हेर्नुहोस् कार्यक्रमका खास झलक… (फोटो-कथा)


  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान)ले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ । अडानले आइतबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो १९औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका थिए । अर्थमन्त्री पौडेलले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरका छन् ।

त्यसैगरी सो समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अडिटर जेनेरल तोएम राय, आइक्यानका प्रेसिडेन्ट प्रविणकुमार झा, एक्यानका प्रेसिडेन्ट अरुण राउतलगायत अन्य  अतिथिहरूको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।