Skip to content

‘टपर’ भएपछिको खुसी… मिठो हाँसोसंगै गुरुकुल सिएमा यसरी पोखियो (फोटो कथा)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- आइक्यान अन्तर्गत सिएको नतिजा अगष्ट १४ मा सार्वजनिक भएपछि अगष्ट १५ को विहानी बाजबजारस्थिति गुरुकुल सिएको माहोल केहि बेग्लै देखिन्थ्यो । नहोस् पनि किन, आइक्यानको इतिहासमै सबैभन्दा बढी अंक ल्याएर गुरुकुलका विद्यार्थी बिकास डंगोलले ‘आइक्यान टप’ गरेका थिए । गुरुकुलले पहिलो पटक नेपाल टप रिजल्टमात्र ल्याएको थिएन, अर्कोपटक तोडीनका लागि निकै कठिन ‘बार’ सहितको नतिजा ल्याएका थिए गुरुकुल सिएका विद्यार्थीहले । 
संगै अरु दुइ टपरको नतिजा कम्ती दमदार थिएन । पास हुनेहरुको खुसी उस्तै । यहि बीच खुसीका माला लगाइदिने, विजयका अबीर दलिदिनेमात्र होइन आफ्ना गुरुहरुलाई विद्यार्थीहरुले मिठाइ बाँडीरहेको पल कम्ती हर्षले भरिएको थिएन ।  मेहेनतले पाएको यो खुसीमा सबै दङ्ग थिए । बाँकी त तस्विरमा उनीहरुको उमङ्ग पक्कै झल्किएको नै छ ।  
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस्