Skip to content

‘बैंकलाई ब्रोकर गफ दिने मात्र मेलो हो, लाइसेन्सकै लागि मर्चेन्ट बैंकर खोल्ने धन्दा चल्यो’ सिए मेख थापाको अन्तर्वार्ता


सिए मेख थापा,
महाप्रवन्धक, एनआईविएल एस क्यापिटल लि.
नेपालमा एक्स्पर्ट मर्चेन्ट बैंकर र पोर्टफोलियो म्यानेजरको अभाव पहिल्यैदेखि र अहिले पनि छ । नया“दिल्लीबाट चाटर्ड एकाउन्टेनसी पास गरेपछी केही समय व्यवशायीक काम गरेका मेख थापाले तुरुन्तै नेपाल धितोपत्र बोर्डमा नियुक्ती पाए । बोर्डमा हुँदाको  राष्टिय अन्तराष्टिय अनुभवले उनलाई यति खंदीलो  बनायो की नेपालमा पहिलो म्यूचुअल फण्ड चलाउन खुलेको कम्पनी सिद्धार्थ क्यापिटलले उृनलाई प्रमुख बनाएर भित्र्यायो ।
सिद्धार्थ क्यापिटलमा उनले शुरुदेखिको सबै काम गरे । नेपालको आधुनिक पुजीबजारमा व्यवशायीक रुपले म्यूचुअल फण्डको डिजाइनदेखि व्यवस्थापन गरे । सस्था अपरेशनमा आएपछी मेखभन्दा माथिल्लो हतमा धितोपत्र बोर्डबाटै उनीभन्दा सिनिएर ध्रुब तिम्सिना आइपुगे । दुबैमिलेर सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डका स्किम बजारमा ल्याए । दुबैल े लगानीकर्तालाई नसोचेको प्रतिफल पनि दियो । एउटा स्किम परिपक्व भएर खारेज भैसकदा त्यसले ५ गुणा प्रतिफल दिएको उदाहरण छ ।
यसैबिचमा मेख थापा अर्को कम्पनीमा जोडिए । उनी नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएर क्यापिटलको महाप्रवन्धक बने । यतिखेर उनले सम्हालेको कम्पनी नेपालको सबैभन्दा ठुलो कारोवार गर्ने मर्चेन्ट बैंकर हो । यो स“गै थापाको परिचय पनि फेरिएको छ । उनी एक्सपर्ट मर्चेन्ट बैंकर मात्रै बनेका छैनन, सिमित म्यूचुअल फण्ड मेनेजरमध्ये अग्रणी पनि देखिएका छ्न । उनलाई अरुभन्दा अलिक व्यवशायीक फण्ड मेनेजरको रुपमा चिनिन्छ ।
नवलपरासीमा जन्मिएका थापाले युवावयमै तय गरेको यो सफलता नेपाली युवाका लागि ईष्र्यालाग्दो उपलव्धी हो । नेपालमा म्यूचुअल फण्ड र ठुला लगानी बैंकहरुको स्थापनासँगै  था,पाजस्ता फण्ड मेनेजरको आवश्यकता खटकेको छ । धेरै कम्पनीका लागि मेख थापाहरुको माग बढेको छ । ठिक ४ वर्ष अघि एनआइविएल क्यापिटलमा जोडिएका थापा अहिले एस क्यापिटल समेत गाभिएको कम्पनीको महाप्रवन्धक छन् । उनी अहिले आफ्नो कम्पनीलाई संघीय रुपमा उपत्यकाबाहिर बिस्तार गरिरहेका छन । मचेैन्ट बैंकिङ सेवामा नौला प्रयोग गर्न रुचाउने थापास“ग यो साता हामीलृे लामो कुराकानी गरेका थियौं । प्रस्तुत छ, सोही कुराकानीको संक्षिप्त अंश:
किन अहिले म्यूचुअल फण्डको बजार खुम्चदै गएको ?
म्यूचुअल फण्डको बजार यसरी खुम्चेको भन्न मिल्दैन । अहिले हाम्रो बजार वा नेप्सेमै जुन किसिमको गिरावट आइरहेको छ त्यसले गर्दा म्यूचुअल फण्ड पनि खुम्चेको हो कि भन्न सकिन्छ । बजार समग्रमा घट्दा म्युचुअल फण्डको लगानी जुन छ त्यो पनि घट्ने नै भयो । बजारमा आएका नयाँ फण्डहरु पनि तुरुन्त इन्भेष्ट गरि नहाल्नेअर्थात पर्ख र हेरको अवस्थामा रहेकाले समग्र म्यूचुअल फण्डको साइजपनि खुम्चीएको जस्तो देखिएको हो । बजार घट्ने चक्र समाप्त भएपछि यो पनि ठिक ठाउँमा आउँछ भन्ने लाग्छ ।
म्यूचुअल फण्डहरु इन्भेष्टर्स भन्दा पनि ट्रेडर बनेको आरोप छ नि ?
मैले सबै म्यूचुअल फण्डको केशमा भ्यू राख्न मिल्छ मिल्दैन ? जुन हाम्रो कम्पनीको केसमा कुरा गर्नुहुन्छ भने धेरैजसो पैसा लगानी नै भएको छ । धितोपत्र बोर्डले बनाएको लगानीको सिलिङ जुन छ, त्यो हामीले कहिल्यै तोडेनौं । अहिलेको बजारमा नै सर्ट टर्ममा फाइदा लिन खोज्नेहरुको जमात ठुलो देखिएको छ । बजार घटिरहेको अवस्थामा ठुला लगानीकर्ता र धेरै लगानीकर्ता साइलेन्स भएको अवस्थामा उनिहरुले नै बजार चलाएको जस्तो देखिन्छ ।अहिले म्युचुअल फण्डहरुले निक्कै कम मात्रै काम गरेका छन । ट्रेडर्सको जस्तो १.२ प्रतिशतमै नाफा बुक गरिहाल्ने र सर्ट टर्ममै आत्तिइहाल्ने फण्डहरु खास छन जस्तो लाग्दैन । एक दुईलाई केलाएर हेरेको छैन ।
यदी हाम्रो केशमा त इन्भेष्टमेन्ट र सेलिङको पोलिसीनै छ । कस्तो अवस्थामा वेच्ने कति प्रोफिट भएपछि वेच्ने भन्ने पोलिसी नै छ । त्यसमार्फत नै काम हुन्छ । हामीले सानो मुनाफा र घाटामा सेयर बेच्ने गरेका छैनोै । यदी कम प्रोफिटमै वेच्नुप¥यो भने इन्भेष्टमेन्ट कमिटिबाट निर्णय गराएर मात्र बेच्ने गर्छौ ।
आईपिओमा म्यूचुअल फण्डलाई आरक्षण दिनुहुन्न भन्ने माग पनि उठिरहेको छ नि ?
यसमा त म्यूचुअल फण्डको बुझाइनै गलत भयो जस्तो लाग्छ भलाई । म्यूचुअल फण्ड भनेको को हो त ? फण्ड म्यानेजर त होइन । म्यूचुअल फण्डका युनिट होल्डर्सहरु जुन छन उनिहरुलाई नै म्यूचुअल फण्ड भनिन्छ । त्यो भनेको पनि सर्बसाधारण लगानीकर्ता नै हुन । समग्रमा म्यूचुअल फण्ड भनेको त तिनै लगानीकर्ता त हुन नि ।
आइपिओमा आरक्षण हामीलाई दिइएको हैन । आधारण लगानीकर्तालाइृ नै आरक्षण दिइएको हो । यूचुअल फण्डलाई आरक्षण दिनु भनेको त उसका यूनिट होल्डर्सलाई दिनु हो । यो आरक्षण दिनु हुन्छ हुन्न त्यो नियमनकारी निकायको कुरा हो तर मलाई व्यक्तिगत रुपमा अझै आरक्षण दिनुपर्छ भन्ने लाग्छ किनभने अझै बजार घटिरहेकै छ । त्यो आरक्षणको सेयरले केही राहात भएको छ । कुनै कुनै कम्पनीले आईपीओमा पाएको सेयर छिटो छिटो आत्तिएर बेच्ने गरेका छन भने त्यसलाई कसरी रोक्न सकिन्छ त्यताचाँही सोच्नुपर्छ । आरक्षणको सेयरलाई दिर्घकालिन होल्ड गर्न थप केही पोलिसी बनाउन सकिन्छ तर आरक्षणनै गलत भयो भन्ने मलाई लागदैन ।
बजार घटिरहेको अवस्था त म्यूचुअल फण्डहरुलाई लगानीको लागी झनै अवसर हुनुपर्ने होइन ?
एकदमै सहि भन्नुभयो अहिले १८ सय ८१ पुगेको नेप्से घटेर १२ सय भन्दा पनि तल आएर कारोवार भैरहेको छ । सरसर्ती हेर्दा सबै म्यूचुअल फण्डहरुले लगानी गर्ने बेला हो । तर सबैलाई अझै डर के छ भने बजार अझै झर्छ कि भन्ने । यसरी बजार घटेको बेलामा म्यूचुअल फण्डले मात्रै लगानी गरिहाल्नुपर्छ भन्ने सोच छ त्यो गलत हो । लगानी भनेपछि त सबैको एकै हो नि किन म्यूचुअल फण्डमात्रै ? मुल्य घटेको छ जस्टिफाइ छ भने सबैको लागी सहि समय हो नि । बजार घटिरहृको बेलामा डर त सबैलाई छ । अहिले त बजारका सबै फण्डामेन्टलहरु पनि सकारात्मकतिर गैरहेको देखिन्छ । क्वाटली पनि सबैको आइसक्यो । बजारमा ब्याजदर पनि घट्दै आएको छ अव बजार विस्तारै सम्हालिनुपर्ने हो । मेरो बिचारमा अहिले जुन म्यूचुअल फण्डसँग पैसा छ उहाँहरु विस्तारै लगानीतिर लाग्दा उपयुक्त होला । फ्रेजवाइज गरेर उनीहरुले इन्ट्री हुनु राम्रो हुन्छ । दिर्घकालिन सोच राखेर लगानी गर्ने हो भने यो उपयुक्त समय हो भन्ने लाग्छ ।
कतिपय फण्डहरु सञ्चालनमा आएको २ वर्षसम्म पनि घाटामै छन, यस्तोमा लगानीकर्ताले कसरी विश्वास गर्ने ?
लगानीकर्ताले के बुझ्नु जरुरी छ भने म्यूचुअल फण्डमा पैसा हाल्ने भनेको छोटो् समयको लागी कन्फर्म नाफा होइन । म्यूचुअल फण्डले पैसा हाल्ने भनेको सेयरमा हो्, त्यो सेयर त आखिर घटबढ भैरहन्छ । निरन्तर सेयर घटिरहदाँ अहिले नयाँ आएका फण्डहरु त घाटामै छन । लगानीकर्ता लगायत सबै स्टेकहोल्डर्सहरुले के बुझ्नु जरुरी छ भने यो लगानी तत्कालको कन्र्फम प्रोफिट हैन । कुन फण्डमा लगानी गर्ने वा नगर्ने भन्ने लगानीकर्ताले हेर्नुपर्छ ।
अर्को कुरा यहाँ धेरै फण्ड म्यानेजरहरु पनि छन, कुन फण्ड म्यानेजरले के गर्न सक्छन् । उनिहरुको क्वालिटी कस्तो छ त्यो सबै हेरेर लगानी गनुपर्छ जस्तो लाग्छ । समग्र बजार घटिरहेको बेलामा म्यूचुअल फण्ड पनि घट्छ भन्ने बुझाइ हुनुपर्छ । अर्कोचाही भिन्न तरिकाले लगानी पनि गर्नुप¥यो । जुन कम्पनी भएपनि उही हो र सबै म्युचुअल फण्ड उस्तै हो भन्ने भन्दा पनि हामीसँग अल्टरनेटिभ पनि छ भनेर सोच्नुपरेयो ।
नेपालमा म्यूचुअल फण्डको लागि लगानीको लागी राम्रो क्षेत्र नभएको हो कि राम्रो स्किम ल्याउन नसकेका हुन ?
एउटा त लगानीको क्षेत्र पनि कम भएको हो । अहिले सबै क्षेत्रको सेयर घटेको छ । कुनै अल्टरनेटीभ छैन । घट्दा सबै घटेको छ बढ्यो भने सबै क्षेत्रको एकैपटक बढ्छ । हामीले जति नै लगानी विविधिकरणको कुरा गरे पनि त्यो हुन सकेको छैन ।
बजारमा बैंक घट्दा इन्स्योरेन्स बढ्नुपथ्र्यो वा जलबिद्युत माथि जानुप¥यो । सबै एकैपटक नराम्रो हुने त होइन होला । बजारले सबै स्टकको एउटै ट्रेन्ड फलो गर्ने गरेको देखियो । यसबाहेक नियमका कुरा पनि छ । जस्तो हामी अनलिस्टेड सेक्यूरेटिजमा जान चाहेर पनि सक्दैनौं, नियमले दिदैन । डिबेन्चरमा पैसा हाल्न समेत पाइदैन । धितोपत्र बोर्डको निती नै साघुरो भएकाले फण्डहरु पनि बाधिएका छन ।
सेयर बजार घट्न थालेको पनि २ वर्ष भैसक्यो अझै कति समय यस्तो रहला ?
यो त ठ्याक्कै यो बेला बढ्छ भन्न सकिने कुरा भएन । बजारलाई फण्डामेन्टल्ली कतिसम्म जानसक्छ हामीले अध्यायन गरिरहेका छौं । फरक फरक सिनारियोको पनि फरक एजम्सन गरेका छौं । अहिले अन्तिम त्रैमासको रिपोर्ट हेर्दा बाणिज्य बैंकहरुको पिई रेसियो १५ को रेञ्जमा आइसकेको छ । समग्रमा प्राइस टु बुक रेसियो हे¥यो भने ३ मा आइसकेको छ । स्टाडर्ड चाटर्ड, एभरेष्ट, एसविआई बैंकको मात्र अलिकति माथि होला । यसरी फण्डमेन्टलबाट हाम्रो बजार चल्दैन । अर्निङ पनि ठिकै मेन्टेन भैराको छ । फण्डामेन्टल्ली हेर्दा अव बजार धेरै झर्ने देखिदैन । अब बजार नबढीहाले पनि खासै तल आउने संभावना भने कम छ ।
यो बजारलाई सुर्धान के गर्नुपर्ला ?
केही पुर्वाधार बनाउनुपर्ने देखिन्छ । जस्तो अहिले अनलाइन कारोवार गर्ने भनेको थुप्रै भैसक्यो अहिलेसम्म फुलफ्रेजमा आउन सकेको छैन । डेमो पनि भैसक्यो, तर कारोवार हुदैन । अनलाइन कारोवारलाई प्रभावकारी रुपमा ल्याउनुप¥यो । इन्भेष्टर्सले डाइरेक्ट अर्डर गरेपछि नेप्सेको ट्रेडिङ सिस्टममा जानुप¥यो । अहिले त ब्रोकरलाई पठाउनुप¥यो भनेपछी म्यासेजिङ सिस्टमजस्तो मात्र भयो । बैंकलाई पनि लिंक गरेर पेमेन्ट सिस्टमलाई पनि फुलफ्रेजमा ल्याउने हो भने बजार माथि जान्छ । डि–म्याट एकाउन्ट र बैंक एकाउन्ट भएपछि ब्रोकरसँग टाइअप गरेर किन्दा पनि वेच्दा पनि खाताबाट पैसा आउने सेयर काटिने स्टम हुनुपर्छ । ब्रोकरको मार्जिन लेण्डीङको कुरा छ यसलाई पनि इफेक्टीभली अगाडी बढाउनुप¥यो । बैंकलाई ब्रोकर लाइसन्स दिने भनेको छ कुनकुन मोडालिटी हुनसक्छ त्यो ल्याउनुपर्छ । संस्थागत लगानीकर्ता र एनआरएनको कुरामात्र भैरहेको छ काम भएको छैन ।

मर्चेन्ट बैंकरको आन्दानी त निक्कै घटेछ नि ?
यसमा धेरै कुरा छ, हाम्रो केशमा हामीले मर्चेन्ट बैंकर मध्येमै लार्ज स्केलमै काम गर्न खोजेका हौं । हामी डि–म्याट, आरटिएस, इस्यू म्यानेजमेन्टमा पनि हामी नंबर १ मै छौं । हिजोको अवस्थामा सबै काम म्यानुअल बेसमा हुन्थ्यो । अचानक सबै चिज अनलाईन सिस्टममा आयो । कामचाँही ह्वात्तै घट्यो । पहिल्यै ठुलो सेटअप ग¥यौं । अहिले हाम्रो अपरेटिङ कष्ट बढ्यो । साखा खोल्ने मर्चेन्ट बैंकर हामी मात्रै हौं । ५ ओटा प्रदेशमा साखा खोलिसक्यौं, यो वर्ष भित्र बाँकी २ ओटामा पनि साखा विस्तार गर्छौं ।
अहिलेलाई कष्ट धेरै लागेपनि सर्भिसमा फोकस गरेर गैरहेका छौं । सन्जाल ठुलो हुदा आम्दानी त्यै अनुसार बढेन, घट्यो । यसैबिच धेरै नयाँ मर्चेन्ट बैंकर पनि आए बजारमा धेरै प्रतिस्प्रर्धा छ । एउटा कम्पनीको आरटिएसको काम बर्षको ५०÷६० हजारमा पनि गर्ने गरी प्रतिस्प्रर्धा छ । नयाँ कम्पनीले एक त काम नै कम पाएका छन अर्को सिक्नैको लागी पनि अलिकति पैसामा भएपनि काम लिने गरेका छन । अहिले हाम्रो इन्कम घट्यो तर खर्च घटेन । आन्दानीको सबै स्रोत घट्यो । यहि अवस्थामा आन्दानी अझै २।३ वर्ष स्थिर नै रहने देखिन्छ ।
आन्दानी छैन भने किन यती धेरै मर्चेन्ट बैंकरहरु खुलिरहेका छन ?
अचम्म छ हाम्रो देशमा लाइसेन्स भन्ने कुरामा कति धेरै मोह भएको । अहिले यो सेक्टरबाट राम्रो जनशक्ती पलायन भैरहेको छ । तुरुन्त नयाँ विजनेश आउने संभावना पनि देखिदैन । हुनत धितोपत्र बोर्डले नयाँ चिज पनि गर्न खोजिरहेको छ । ति नयाँ क्षेत्रहरु आएर स्थापित हुन अझै तिन चार वर्ष लाग्छ । धितोपत्र बोर्डले लगानीका दायरा नबढाउन्जेल यो विचको समय एकदमै च्यालेञ्ज हुन्छ । आन्दानीका क्षेत्रहरु घटिरहेका छन । तर पनि नयाँ कम्पनीहरुचाँही खुलिरहेका छन यो लाइसेन्सको कारणले पनि होला । धेरैजसो बैंकहरुलाई २० करोड क्यापिटल भनेको ठुलो कुरा भएन । बैंकको सहायक कम्पनी छ भन्न पनि पाइने र भविष्यमा राम्रो भयो भने काम पनि हुने भो भन्ने सोचको विकास भएको होला । अहिले खुलेका जतिपनि नयाँ कम्पनीहरु छन तिनीहरुले अनुभवी सिईओ पनि पाउन मुष्कील छ ।
मर्चेन्ट बैंकरहरुले नयाँ क्षेत्रमा जान खोजेको भनिन्छ, खासमा नयाँ क्षेत्र चाँही के हो ?
नयाँ क्षेत्र भनेर धितोपत्र बोर्डले मर्चेन्ट बैंकीङ नियमावली संसोधन गरेको छ । अव मचेन्ट बैंकरहरुलाई कर्पोरेट एडभाइजरी भनेर एउटा क्षेत्र तोक्देको छ । एडभाइजरी फङ्सन सेवा दिने भनेको छ । विजनेश प्लान, क्यापिटल रिस्ट्रक्चरीङ, भ्यालुयसन आदीमा हामीले परामर्श सेवा दिन सक्ने भनिएको छ । यो टोटल नयाँ सेक्टर हो, तर यसको गाइडलाइन पनि बनाएको छैन । यो सबै चिज हुन टाइम लाग्छ ।
बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने भनेको छ त्यो मर्चेन्ट बैंकहरुलेनै चलाउने त होला नि ?
त्यो हामीलेनै चलाउने हो भनेर कसरी भन्न मिल्यो र । सव्सिडेरी खोलेर गर्ने रे भनियो । कताकता मैले सुनेको सतप्रतिसत सव्सीडेरी पनि हुने रे । राष्ट्र बैंकले पनि प्रष्ट निर्देशन जारी गरुेको छैन । मलाई लाग्छ अहिले जति ब्रोकर छ तिनीहरुलाइ नै बैंकले मेजर सेयर होल्ड गरेर वा म्यानेजमेन्टलाई कन्ट्रोलमा लिएर जाँदा वेटर हुन्थ्यो जस्तो लाग्छ । हामीलाई अहिले लागेको छ कि बैंकहरुले ब्रोकर लाइसेन्स लिएपछि सबै साखाहरुबाट सेयर किन्न बेच्न पाइने भयो भन्ठानेका छौं । तर यथार्थमा भन्दा बैंकहरुलाई तुरुन्त ब्रोकर लाइसन्स दिएर चलाउन सहज छैन । किनकी बेंकको आफ्नै काम छ । ब्रोकरेज सर्भिसको आइडिया छैन । बैंकहरुले गर्ने भनेपछि इन्टरनल कन्ट्रोल देखी सबै मिलाउन टाइम लाग्छ ।
तर ब्रोकरकोकाम बेंकले सक्दैन भन्नेचाँही होइन तर सबै काम गर्न टाइम लाग्छ । बैंकहरु अहिले अर्व कमाउने भैसके यो विजनेशबाट करोड कमाउन पनि मुश्किल छ , अहिले एउटा ब्रोकरले त्यही २/३ करोड कमाउने हो । ५० लाख क्यापिटल छ र पो २ करोड राम्रो नाफा हो । बैंकहरुको त ८ अर्व क्यापिटल छ २ करोड नाफा थपिएर बेंकलाई के नै फाइदा भयो र ? फेरी ब्रोकर थपिएपछी विजनेस र मुनाफा पनि बाडिन्छ । यसर्थ यसमा बैंकहरुको कमै चासो रहला ।
बैंकल् ब्रोकर लाइसेन्स लिएर कसरी कार्यन्वयनमा लान्छ, कसरी यो सिस्टमलाई डेभलप गर्छ र त्यो भन्दा पनि राष्ट्र बैंकले कस्तो पोलिसी बनाउाछ यि सबै कुराले हेर्दा सहज छैन । अहिलेलाई बैंकलाई ब्रोकर लाइसेन्स गफ गर्ने मेलोमात्र हो जस्तो लाग्छ ।
(भाद्र १० गते आइतबार सेयर बजार साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्