Skip to content

आइक्यानले ‘आइक्यान डे’ भव्य रुपमा मनाउने रे ! बजेट सक्काउन नाममात्रको पत्रकार सम्मलेन !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले २२औं आइक्यान दिवस भव्य रुपमा मनाउने भन्दै यसको तयारी गरिरहेको बताएको छ । संस्थाको २२ औँ वार्षिक उत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक निकायहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा एकदिने सम्मेलनसमेत गर्न लागेको हो ।
यसका लागि आइक्यानले नाममात्रको पत्रकार सम्मलेन गरेको छ । आफुले चन्दा दिने संस्थाका केही सिमित पत्रकारहरुलाई बोलाएर गरिएको पत्रकारसम्मलेनमा आइक्यानका अध्यक्षले कार्यक्रमबारे बोलेका थिए ।

कार्यक्रमबारे सिए सरोकारलाई जानकारी नभएकाले कार्यक्रममा कसले के बोले भन्ने खास समाचार पाउन सकिएन । कार्यक्रमको फोटो र भिडियो लिन र कार्यक्रमबारे बुझ्न उपस्थित एक पत्रकारसंग बुझ्दा उनले भने, ‘अध्यक्षले के के भने केही बुझिएन । प्रेस रिलिज र भिडियो छ, त्यहि हेरेर समाचार बनाउनुहोला ।’  

प्रतिक्रिया दिनुहोस्