Skip to content

सीसीए इन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न, बिजेता समूहले पायो १० हजार पुरस्कार !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- एसीसीएको अप्रुभ्ड लर्निंङ पार्टनर सीसीए स्कूल अफ एकाउन्टेन्सीले काठमाडौंमा इन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । एसीसीए अध्ययन गरिरहेका विद्यार्थीहरुबीच गराईएको प्रतियोगितामा विद्यार्थीका विभिन्न समूहको उपस्थिति थियो । विजयी टोलीले नगद १० हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । 
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै एसीसीएका नेपाल प्रमुख रविन कटवालले खेलकुदसम्बन्धी क्रियाकलापले विद्यार्थीहरुको आन्तरिक क्षमता विकासमा सहयोग गर्ने बताउँदै बिजयी खेलाडीहरुलाई बधाईसमेत दिएका थिए ।यस्तै प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सीसीएका डाइरेक्टर मनिष शर्माले यसखालका प्रतियोगिताले विद्यार्थीहरुबीच थप सम्बन्ध सुभधुर हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।