Skip to content

एओसीमा क्याप थ्रीको ‘एक्साइज एण्ड कस्टम्स्’को कक्षा सञ्चालन हुँदै, सिए शेषमणि दाहालले लिनेछन् ‘क्लास’ !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- पहिलो ब्याच सफलतापूर्वक सम्पन्न गरेपछि सिए शेषमणि दाहालले एडभान्स ट्याक्सेसन् अन्तर्गत कस्टम्स् एण्ड एक्साईज ड्युटीको दोश्रो ब्याचको कक्षा लिने भएका छन् । आइक्यानको पाठ्यक्रम अनुसार ‘एकेडेमी अफ कमर्श’मा उक्त कक्षा सुरु हुन लागेको हो । चैत्र ४ गतेदेखि सुरु हुने कक्षा चैत्र मसान्तसम्ममा सकिनेछ ।
विहान ६:३० बजे देखि ९ बजेसम्म हरेक दिन हुने कक्षा एकेडेमी अफ कमर्श पुतलीसडकमा हुनेछ । कक्षामा भर्ना हुनका लागि ९८६०९२५३२६ मा सम्पर्क गर्न सकिने बताइएको छ । ‘एक्जाम ओरीएन्टेड कक्षा हुनेछ । परीक्षाको तयारी गरिरहेकाहरुका लागि कक्षा निकै फलदायी हुने विश्वास लिएका छौं । पहिलो ब्याचका विद्यार्थीहरुले दिएको प्रतिक्रियाबाट थप हौसला मिलेको छ ।’ सिए सरोकारसँग कुरा गर्दै सिए शेष मणि दाहालले भने । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।