Skip to content

विद्यार्थीको समग्र बिकासका लागि एसीसीए नेपालको आयोजनामा ‘प्रोफेसनल स्किल्स् वर्कशप’ सम्पन्न

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा एसीसीए अध्ययन गरिरहेका विद्यार्थीहरुको समग्र बिकासका लागि विभिन्न कार्यक्रम गरिरहेको एसीसीए नेपालले आफ्ना विद्यार्थीहरुका लागि काठमाडौंमा ‘प्रोफेसनल स्किल्स् वर्कशप’ आयोजना गरेको छ । ७ वैशाखमा आयोजना गरिएको कार्यक्रममा ‘इम्पावरमेन्ट एकेडेमी’ को सहकार्य थियो ।विद्यार्थीमा व्यवसायिक जानकारी र सीप अभिवृद्धि गर्न एसीसीए नेपालले यस्ता खालका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । 
दक्ष नेतृत्वकर्ता बन्नका लागि प्राविधिक सीपसँगै सञ्चार, नेतृत्व र विश्लेषणको क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले एसीसीए नेपालले यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको एसीसीए नेपालका प्रमुख रविन कटवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।