Skip to content

नियामक आइक्यान कमजोर बन्दा सर्लाही ‘गैरकानुनी धन्दा’ मौलायो, लेखापरीक्षण व्यवसायको ‘अवैध’ प्रचार !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- देशका विभिन्न ठाउँहरुमा लेखापरीक्षण व्यवसाय सम्बन्धि गलत र गैरकानुनी प्रचारप्रसार गर्ने क्रम बढेको छ । लेखा व्यवसाय सम्बन्धि प्रचलित नियम अनुसार लेखापरिक्षण पेशाको कुनै पनि प्रचार प्रसार गर्न नपाइने भएपनि सर्लाहीमा लेखापरीक्षण गराउँछौं भन्ने आशयका विभिन्न प्रचारात्कम कार्य भइरहेको प्रमाण फेला परेको छ ।
माथिको तस्विर त्यस्तै एउटा नमुना तस्विर हो, जहाँ हरि ओम् फाइनान्सियल अडिट एण्ड ट्याक्स कन्सलटेन्सी नामक बोर्ड झुन्ड्याएर यस्तो नियामक नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नियमको धज्जी उडाइएको छ । तर विभिन्न स्थानमा अनुगमन गरेको बताउने आइक्यानले सर्लाहीमा भइरहेको यस्तो गलत कामको भने सुइँको पाएको छैन ।
उक्त फर्मले लेखापरीक्षण रिपोर्टमा समेत बार्गेनिङ गर्ने र सम्पूर्ण प्रतिवेदन आफैं बनाइदिने गरेको समेत पाइएको छ । केहि सक्कली लेखापरीक्षकहरुलाई रिपोर्ट गनेर पैसा भुक्तानी गर्ने उक्त फर्मले यसरी कानुनको धज्जी उडाउउंदा पनि नियामक निकायले भने यसको अत्तो-पत्तो पाएको छैन ।
यसो त हरि ओम फाइनान्सियल एण्ड ट्याक्स कन्सल्टेन्सी एउटा उदाहरण मात्र हो । यसरी प्रचलित नियम अटेरी गरेर गैरकानुनी रुपमा लेखापरीक्षण पेशाको प्रचारप्रसार गरी गलत धन्दा चलाईरहेका कम्पनी वा व्यक्तिको संख्या सर्लाहीमा निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।