Skip to content

चार्टड एकाउन्टेन्ट फर्मले नै भ्याट नतिरेपछि अरुलाई के भन्ने ? कर कार्यालयले निकाल्यो चेतावनीसहितको सूचना !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- विभिन्न कार्यालयले मु.अ कर वा आयकर नतिरेको खबर नौलो होइन । तर करको हिसाव गर्ने र अरुलाई परामर्शसमेत गर्ने सिएहरुले नै कर नतिरेर कर कार्यालयले ताकेताको सूचना निकाल्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यसपाली यस्तै भएको छ ।

चार्टड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीको जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्ससहित १३५ कम्पनीले मूल्य अभिबृद्धि कर र आयकर समयमा नतिरिएको पाइएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गरेको हो ।

यस सिवाकोटीले भने आफ्ना स्टाफले पैसा लिएर भागेका कारण आफुले भ्याटवापतको रकम तिर्न नसकेको बताएका छन् । ‘भ्याट बुझाउनुपर्ने पैसा लिएर स्टाफ बेपत्ता छन् । त्यहि भएर तत्काल भ्याट बुझाउन सकिएन । पत्रिकामा नाम आउँदा त खासै कसैले थाहा पाएका थिएनन् । तर सिए सरोकारमै न्यूज आयो भनेर धेरैले फोन गरे । मेरो नियत गलत होइन । यसलाई यसरी प्रचार नगरेको भए हुने ।’ उनले भने । 

उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।