
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेट्स संघ (एक्यान) को चुनाव नजिकिंदै गर्दा संघका उपाध्यक्ष दीपक पाण्डेको विवादित बन्न सक्ने अन्तर्वार्ता अन्नपूर्ण पोष्टमा छापिएको छ । मिति २०७६ साल कार्तिक २८ गते बिहीबारका दिन अन्नपूर्ण पोष्टको पृष्ठ नम्बर १३ मा छापिएको उक्त अन्तर्वार्तामा हेडलाइनदेखि न्यूज कन्टेन्टसम्म गल्ती नै गल्ती छन् । अन्तर्वार्ताका क्रममा उनले आफु एक्यानको अध्यक्ष भएको बताएको अन्तर्वार्तामा उल्लेख छ । जवकि उनी एक्यानका उपाध्यक्ष हुन् ।
हेडलाइनदेखि कन्टेन्टसम्म गल्ती नै गल्ती !
यसो त अन्तर्वार्ताको ‘हेडलाइन’ नै गल्ती छ । ‘नदेख्ने’ हुनुपर्नेमा ‘नेदेख्ने’ भएको छ । ‘सीपीटि’लाई ‘सीपीआइ’ लेखिएको छ । ‘केसीएल अस्ट्युट’लाई ‘अस्टिएट’ लेखिएको छ । सम्पादकीय पक्ष पनि कमजोर रहेको उक्त अन्तर्वार्तामा ‘आत्मसाथ’ हुनुपर्नेमा ‘आत्मसात’ लेखिएको छ । ह्रश्व, दीर्घका पनि थुप्रै ठाउँमा गल्ती लेखिएको छ । यता अन्नपूर्ण पोष्टका एक कर्मचारीले समेत उक्त अन्तर्वार्ता प्रुफ बिना नै छापिएको बताए । ‘तपाईंले भनेपछि मैले बुझें । हिजो प्रुफ नै हेरिएनछ ।’
के भन्छन् दीपक पाण्डे ?
यस विषयमा हामीले दीपक पाण्डेलाई सोधेका थियौँ । उनले पत्रिकामा छापिएअनुसार आफुले एक्यानको अध्यक्ष हुँ नभनेको दावी गरेका छन् । ‘मैले म एक्यानको उपाध्यक्ष हुँ भनेको थिएँ । पत्रिकामा अध्यक्ष हुँ भनेर लेखिएछ । अन्तर्वार्तामा म ‘अध्यक्ष’ भनी उल्लेख भएको कुरा टाइपिङ मिस्टेकमात्र हो । यसलाई यहि रुपमा हेरिदिनुहोला । अन्तर्वार्ताकै क्रममा दुई ठाउँमा म उपाध्यक्ष नै हो भनी उल्लेख छ । त्यसैले एक ठाउँमा ‘अध्यक्ष’ भनी उल्लेख भएको कुरा टाइपिङ मिस्टेकमात्र हो ।’ पाण्डेले भने ।
प्रतिक्रिया दिनुहोस्