Skip to content

एक्यानमा अवको महासचिव को ? तेज सुवेदी, विदुर लुइँटेल वा अरु कोहि ?

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संघ (एक्यान)ले चुनावको मिति तय गरेसँगै चुनावी माहोल थप तातिएको छ । अध्यक्ष पदका लागि आनन्द शर्मा वाग्ले र दीपक पाण्डे मैदानमा उत्रदैछन् भने उपाध्यक्ष पदका लागि अरुण राउत र रमेश धिताल मैदानमा भीड्ने भएका छन् । एक्यानमा अर्को प्रतिष्पर्धी पद भनेको महासचिव हो । महासचिव पदका लागि आनन्द शर्मा प्यानलबाट तेज सुवेदी उठ्दैछन् भने दीपक पाण्डेको प्यानलबाट विदुर लुइँटेल उठ्दैछन् । 
यद्यपी थप एक जना पनि महासचिव पदमा उठ्नका लागि तयार भएर बसेका छन् । चुनावको केहि दिन अघिमात्र घोषणा गरेर उम्मेद्वारी दिने र हाल आफु बाहिर आफ्नो उम्मेद्वारीका बारेमा नबोल्ने ती सिएको तर्क छ । यद्यपी आफु आन्तरिक रुपमा तयारी गरिरहेको उनको दावी छ । गत चुनावमा पनि यसरी उम्मेद्वारी दिने गरेको पाइएको थियो । 
तेज र बिदुर कस्ता प्रतिष्पर्धी ?
तेज सुवेदी र विदुर लुइँटेल दुवै सम्भावना र चुनौती दुवै बोकेका उम्मेदवार हुन् । सुवेदी पहिला दीपक पाण्डेको प्यानलबाट चुनाव लड्ने तयारी गरेपनि पछि आनन्द शर्मा वाग्लेको प्यानलमा गएका सिए हुन् । यसले गर्दा पनि उनले दुवैतर्फका मान्छेलाई ‘आफ्नो’ बनाइसकेको तर्क धेरैको छ । अर्कोतर्फ उनलाई राजनीतिक आस्थाका आधारमा आउने भोटको संख्या पनि ठुलो भएको बुझिएको छ । यद्यपी प्यानल फेर्ने उम्मेदवारलाई मतदाताले कसरी हेर्छन् भन्ने पाटोचाहिं उनका लागि चुनौतिको विषय बन्न सक्छ । 
यता बिदुर लुइँटेललाई जिताउन नेपाल बोर्डका केहि कहलिएका नेताहरु नै लागेको चर्चा पनि सिए क्षेत्रमा छन् । यो उनको बलियो पक्ष हो । यद्यपी उपाध्यक्षमा अरुण राउत उठेकाले उनलाई अफ्ट्यारो नपर्ला भन्न सकिन्न । नेपाल बोर्डको बलियो समूहले अरुण राउतलाई सपोर्ट गरेको खण्डमा उनलाई चुनाव गाह्रो पर्ने देखिन्छ । यद्यपी नेपाल बोर्डको सेन्टिमेन्टलाई अवसरमा बदल्न सकेको खण्डमा उनी बलिया सावित हुने विषयमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्