Skip to content

टास्क फोर्सको प्रतिवेदनमा वीक्यानको गम्भीर ध्यानाकर्षण, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलप्मेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदन सार्वजनिक भएपछी अहिले यो विषयले नेपाली सिए क्षेत्र तातेको छ । यसैबीच वीक्यान नेपालले यस विषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्षलाई पत्राचार गरेको छ । टास्क फोर्सको प्रतिवेदनमा आफ्नो गम्भीर असहमति भएको स्पष्ट पार्दै वीक्यानले सिए सदस्य तथा एक्यानको समेत संलग्नतामा राय लिएको भन्ने कुरा आएको हुँदा के कति विषयमा राय लिइएको हो र सो राय सुझाव सम्बन्धि लिखित कागजातसमेत उपलब्ध गराउनसमेत माग राख्दै टास्क फोर्सको प्रतिवेदनमा गम्भिर आपत्ति जनाएको छ ।
साथै वीक्यानले आफ्ना माग पूरा नभए आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ । आफुले पेश गरेको ज्ञापनपत्रको माग बमोजिम काम कारवाही नभएमा आफुहरु तत्काल संघर्षका कामसहित आन्दोलनमा जाने चेतावनी उक्त पत्रमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।