Skip to content

टास्क फोर्सको प्रतिवेदनविरुद्ध तात्यो एक्यान, विरोधपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आरएहरुलाई सिए बन्न बाटो सहज बनाउने गरी आइक्यानको एक टास्क फोर्सले संस्थामा बुझाएको प्रतिवेदनविरुद्ध नेपाल चार्टड एकाउन्टेन्ट्स संघ तातेको छ । एक विज्ञप्ति जारी गर्दै आरएलाई सामान्य प्रक्रिया पूरा गरेर सिए बनाउने कुरामा आफ्नो स्वीकारोक्ति नभएको स्पष्ट पारेको एक्यानले आइतबार आइक्यानका अध्यक्ष र उपाध्यक्षलाई विरोध पत्र बुझाउने र आइक्यानमा धर्ना दिने कार्यक्रमको तयारी गरेको छ ।
एक्यानका एक पदाधिकारीले दिएको जनाकारी अनुसार यस विषयमा विरोध पत्र आइक्यानमा बुझाउने र धर्ना दिने कार्यक्रम तय भएको छ । 
आइक्यानले गठन गरेको एक टास्क फोर्सले आफ्नो प्रतिवेदनमा एक्यानको समेत सहमतिमा भन्ने आशय उल्लेख गरेपछि काठमाडौँमा उपलब्ध एक्यानका पदाधिकारीहरु बसेर यस विषयमा छलफल गरी यस्तो निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।