Skip to content

‘आरएहरुलाई सिए बनाउने’ आइक्यानको तयारीविरुद्ध आइतबार आइक्यानमा ‘खबरदारी सभा’ !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार आइक्यान परिसरमा सिएहरुले आन्दोलन गर्ने भएका छन् । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदन सार्वजनिक भएपछी सोको विरुद्धमा सिएहरु आन्दोलित हुन लागेका हुन् । आइतबार ठिक ११ बजेदेखि २ बजेसम्म उक्त ‘खबरदारी सभा’ हुने बताइएको छ । कार्यक्रम अन्तर्गत आइक्यानमा धर्ना दिने र अध्यक्ष-उपाध्यक्ष लगायतका सम्बन्धित व्यक्तिहरुलाई भेट गर्ने आन्दोलन कार्यक्रम बताइएको छ ।
उक्त कार्यक्रममा आइक्यानको भलो चाहाने सिएहरुको सहभागीता हुने भएकाले आइक्यानको भलो चाहाने सबैलाई उपस्थित हुन आयोजक समूहले आग्रह गरेको छ । 
सिए सरोकारले उक्त प्रतिवेदन सार्वजनिक गरिदिएपछी अहिले सिए क्षेत्रको माहोल तातेको छ ।
आयोजकको सन्देश यस्तो छ :

नेपाली लेखा व्यवसाय क्षेत्रका सम्पूर्ण शुभेच्छुक अग्रज तथा मित्रहरू!
आजको मितिमा नेपाली सिए समुदाय लगायत सम्पूर्ण नेपाली लेखा व्यवसाय क्षेत्र एउटा गम्भीर मोडमा आएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा रजिष्टर्ड अडिटर्सहरुलाई सजिलै सिए बनाउने गरी गर्न लागिएको निर्णय नेपाली चार्टर्ड एकाउन्टेन्ट्स को साथ साथै यस क्षेत्रको हित चाहने सबैको लागि एउटा अभिसाप साबित हुने कुरामा हामी कसैलाई द्विविधा छैन।यसरि मापदण्ड खुकुलो गर्दै जाने हो भने आज सिए क्षेत्रमा प्रवेश गर्दै गरेका नयाँ सिए तथा सम्पूर्ण सिए पढ्दै गरेका विद्यार्थीको भबिस्यमा ग्रहण लाग्ने सुनिस्चित छ ।

त्यस्तो अनर्थ हुनबाट जोगाउन अब हामी सबै एक हुनुको कुनै विकल्प छैन। यसैले सम्पूर्ण साथीहरूलाई एकबद्ध भएर उक्त निर्णय हुन नदिन लागिपर्न हार्दिक आह्वान गर्दछौं। यस कार्यक्रमको निरन्तरता दिन भोलि मिति २०७७/०८/०७ गते बिहान ११ बजे देखि अपरान्ह २ बजे आइक्यान कार्यालय, सातदोबाटोमा उपस्थित भई आफ्नो ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरिन्छ।

पुनश्च: कोभिड १९ को यो महामारीको बीच हुने यस शान्तिपूर्ण कार्यक्रममा भौतिक दूरी कायम गरेर आवश्यक सतर्कता अपनाएर उपस्थित भईदिनु हुन हार्दिक अनुरोध छ। यो कार्यक्रम कसैले आयोजना गरेको नभई, स्वतस्फूर्त रूपमा उठाइएको कदम हो।

थप जानकारीको लागि निम्न अनुसार सम्पर्क गर्नुहोला:
सिए ज्ञानेन्द्र सुवेदी: ९८५१०६७५००
सिए हेम काफ्ले : ९८५११२९१२८
सिए मीरा पोखरेल: ९८५११०१७७३
सिए रोशन सापकोटा: ९८६५४२४८७३

प्रतिक्रिया दिनुहोस्