Skip to content

आशन्न काउन्सिलको चुनावका लागि सुरु भयो ‘अघोषित क्याम्पियन’, १९ जनाले उम्मेदवार बन्ने जानकारी दिए…

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आशन्न निर्वाचनको माहोल सुरु भएको छ । निर्वाचनको मिति नजिकिएसँगै आइक्यानको चुनावी माहोल सुरु भएको हो। 
अवको केहि महिनापछि सम्पन्न हुने आइक्यानको काउन्सिल निर्वाचनका लागि अहिलेदेखि नै सम्भावित उम्मेदवारहरुले मतदाताहरुलाई फकाउन थालेका छन् । यसपटकको निर्वाचनमा धेरै प्रतिष्पर्धी हुने आंकलन भइरहेका बेला डेढ दर्जन बढी सिएहरुले निर्वाचनको तयारी थालेका हुन् । काउन्सिलमा १० पार्सद पदका लागि निर्वाचन हुनेछ । १० पदका लागि यसपाली डेढ दर्जन बढी उम्मेदवारहरु हुने आंकलन गरिएको छ ।
कोरोनाको जोखिमका कारण समयमा नै चुनाव हुन्छ वा हुँदैन भन्ने तथ्य भने अन्यौलमै छ । तर नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न समेत सरकारले स्वीकृति दिएको अवस्थामा आइक्यानको निर्वाचन पनि सहजै हुने जानकारहरुको विश्लेषण छ । यद्यपी कोरोना महामारीले कुन रुप लिन्छ र त्यति बेलाको परिस्थिति के हुन्छ भन्ने कुराले चुनाव कहिले हुन्छ भन्ने कुराको निर्धारण हुने जानकारहरुको भनाइ छ । 
यसपटकको निर्वाचन अघिल्लोपटकभन्दा पनि रोचक हुने देखिन्छ । इतिहासमै सबैभन्दा बढी उम्मेदवार हुने आंकलन गरिएको यो चुनावमा पछिल्लो पुस्ताका सिएदेखि केहि पूराना सिएहरु पनि उठ्ने चर्चा भएसँगै चुनाव थप रोचक हुने आंकलन गरिएको हो ।
चुनावको तयारी भन्दै चुनावमा उठ्ने रहर गरेका सिएहरुले सिएहरुलाई फोन गर्ने, बजारमा चलिरहेका कुराहरुमा आफ्नो धारणा दिने, भेट्ने, र विभिन्न वाहानामा सहयोग माग्ने गर्न थालेका छन् । सिए सरोकारलाई प्राप्त जानकारी अनुसार १९ जनाले यसपटकको चुनावमा उठ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।