Skip to content

परिक्षाको बीचमै कोरोनाको लागे के गर्ने ? आइक्यानले विद्यार्थीलाई दिंदैछ यस्तो सुविधा…

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । परिक्षाको बीचमै कोरोनाको लक्षण देखिएमा के गर्ने ? स्वाभाविक प्रश्न उठ्न सक्छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले भने परिक्षामा सामेल भएको अवधिमा कोरोना संक्रमण भएको खण्डमा पछी परिक्षा दिन पाउने व्यवस्था गरेको छ । आउँदो डिसेम्बर ८ तारिखदेखि संचालन हुन गईरहेकोे आइक्यानको परिक्षामा परिक्षाको अवधिमै कोरोना संक्रमण भएको खण्डमा आइक्यानले पछी पनि परिक्षा दिन पाउनेगरी विशेष सुविधा ल्याएको हो । उक्त परिक्षा डिसेम्बर २०२० पछी संचालन हुने र सो को जानकारी केहि समयपछि दिने आइक्यानले बताएको छ । आउँदो डिसेम्बरको परिक्षाको तालिका सार्वजनिक गर्दै आइक्यानले यस्तो जानकारी गराएको हो ।
यसका साथै परिक्षा सुरु हुनु अगावै कोरोना लागेमा वा कोरोना लगेर आइसोलेसनमा रहेका विद्यार्थीहरुले यो पटक परिक्षा दिन नसक्ने जानकारी गराएको खण्डमा अहिलेको एक्जमसन र परिक्षा लिमिटलाई असर नगर्ने गरी आउँदो जुन २०२१ मा परिक्षा दिन मिल्ने व्यवस्था पनि गरेको छ । यसको जानकारी भने आइक्यानमा इमेलमार्फत गराउन सकिने आइक्यानको भनाइ छ । 
कोरोना महामारीका कारण गत जुन महिनामा आइक्यानको परिक्षा संचालन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।