Skip to content

`अब जे पनि हुन सक्छ, आगो बल्छ आगो…´

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्ट्ड एकाउन्टेन्टस् संघ (एक्यान)का अध्यक्ष सिए आनन्द शर्मा वाग्लेले आरएलाई सिए बनाउने मुद्धामा क्याप थ्रीमा हुने विषय छुटको जिम्मा समिति बनाएर निर्णय गर्नेगरि प्रकृया अगाडि बढे आफुहरुलाई मान्य नहुने बताएको केही समयपछि संघका कार्यकारी समिती सदस्य मनिष अर्यालले अर्को चेतावनीपूर्ण धारणा सार्वजनिक गरेका छन् । 
शुक्रबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले पार्षदहरुहरुलाई खबरदारी गर्दै आउने चुनावहरुमा उनीहरुको अस्तित्व अन्त्यका लागि अग्रपंक्तिमा लड्ने प्रण गर्ने चेतावनी दिएका छन् । `आजका पार्षदहरु होस् गर्नुहोस्!! फेरि पनि आउने चुनावहरुमा हजुरहरुको अस्तित्वको अन्त्यका लागि अग्रपंक्तिमा लड्ने प्रण गर्नेछौं ।´ उनले भनेका छन् । `अनि अस्तिसम्म आउने काउन्सिल चुनाबमा साथ खोज्ने अग्रज आदरणीय CA हरु, यदि यो बिषयमा पनि हजुरहरुको स्पस्ट धारणा आऊदैन भने त्यस्को पनि उचित हिसाबकिताब छिट्टै हुनेछ ।´ कडा चेतावनी दिँदै उनले लेखेका छन्, `अब जे पनि हुन सक्छ । आगो बल्छ आगो…´

प्रतिक्रिया दिनुहोस्