- सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टड एकाउन्टेन्ट महेश रिमाल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बोर्ड सदस्यमा नियुक्त भएका छन् । हाल राष्ट्रिय बीमा संस्थानको डेपुटी जनरल मेनेजरका रुपमा कार्यरत रिमाल एचआइडिसीएलको बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।
दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सिए उतिर्ण गरेका रिमाल बीमा क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आएका अनुभवी चार्टड एकाउन्टेन्ट हुन् ।
उनलाई सफल कार्यकालको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्