Skip to content

क्याप थ्रीमा अध्ययनरत सिए विद्यार्थीको कोरोना लाग्दा निधन !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । केहि समयअघि देखि क्यान्सर रोगबाट ग्रसित एक सिए विद्यार्थीलाई कोरोना भएपछी निधन भएको छ । क्याप थ्रीमा अध्ययनरत एक महिला सिए विद्यार्थीको केहि दिनअघि कोरोनाका कारण निधन भएको पुष्टी भएको छ । उनी एक बैंकमा अडिट विभागमा काम गर्थिन् भने त्यसपछि अपरेशनल विभागको जिम्मामा थिइन् । 
क्यान्सरले शरीर कमजोर भएका बेला कोरोना लागेपछि उनको निधन भएको छ । स्वास्थ्य मन्त्रालयले भने उनको निधन कोरोनाकै कारण भएको रेकर्ड राखेको छ ।
उनले आर्टिकलशिपसमेत सकीसकेकी थिइन् । यो अर्थमा उनी सेमीक्वालीफाईड थिइन् । केहि समय अघिसम्म पनि आइक्यानको परिक्षामा सामेल भएकी उनलाई अन्तत: कोरोनाले लगेको छ ।
मृत आत्माप्रति हार्दिक श्रद्धान्जली !

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।