Skip to content

अर्थमन्त्रीसँग भेटेर एक्यानले भन्यो- ‘कर विवरण बुझाउने म्याद थप गरिदिनुपर्यो…’

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को प्रतिनिधि टोलीले अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई भेटी कर विवरण बुझाउने म्याद थप गर्न माग गरेको छ । बुधबार, पौडेलसँग भेट गर्दै एक्यानले यस्तो माग गरेको हो । 

सो भेटमा एक्यानकाका तर्फबाट संघका अध्यक्ष सिए. आनन्दराज शर्मा वाग्ले, महासचिव सिए. तेज प्रसाद सुबेदी, कार्यकारी सदस्य सिए शेषमणि दाहालको सहभागिता रहेको थियो भने सिए निल सारुले उक्त भेटको सहजीकारण गरेकाथिए ।

‘अहिले धेरै सिएहरु र धेरै व्यापारी, व्यवसायीहरु पनि कोरोना संक्रमित भएर आराम गरिरहनु भएको छ । यस्तो महामारीका बेला कर विवरण बुझाउने म्याद थप्नुपर्छ भन्ने हाम्रो माग अर्थमन्त्रीसमक्ष राखेका छौं ।’ सिए सरोकारसँग कुराकानी गर्दै संघका महासचिव तेज सुवेदीले भने, ‘हाम्रो मागमा अर्थमन्त्री पनि सकारात्मक देखिनुभएको छ। ‘

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।