- सिए सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले हेड अफिसको लागि १ जना फाइनान्स प्रमुख माग गरेको हो । उक्त फाइनान्स कम्पनी राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो । फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ ।
उक्त पदको लागि योग्यता भने चार्टर्ड एकाउन्टेन्ट वा अर्ध योग्य सीए/एसीसीए/फाइनान्स वा एकाउन्टमा मास्टर डिग्री गरेको हुनु पर्नेछ । साथै सीए र एसीसीए भई ३ वर्ष कार्य गरेको अनुभव हुनु पर्नेछ भने मास्टर डिग्री गरी बैंकिङ क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव पनि हुनु पर्नेछ । आवेदकले आवश्यक पर्ने सम्पुर्ण कागजपत्रसहित [email protected] मा मेल गर्नुपर्ने छ । आवेदन भने यस सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दिनुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्