Skip to content

आज आइक्यानको २४औँ बार्षिकोत्सव, एभरेष्ट होटलमा तेश्रो दिक्षान्त समारोह हुँदै, अर्थमन्त्री पौडेल प्रमुख अथिति

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज संस्थाको २४औं बार्षिकोत्सव मनाउँदैछ । बार्षिकोत्सवकै अवसरमा संस्थाले तेश्रो चार्टड एकाउन्टेन्ट दिक्षान्त समारोहको समेत आयोजना गरेको छ ।
दिउँसो ३ बजेबाट एभरेष्ट होटलमा आयोजना हुने उक्त कार्यक्रममा आइक्यानबाट उतिर्ण भएका ३० बढी सिएहरु दीक्षित हुँदैछन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अथिति हुने उक्त समारोहका बीच आइक्यानमा कार्यरत कर्मचारीहरुमध्येबाट उत्कृष्ट हुने कर्मचारीलाई नगदसहित प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत छ भने विभिन्न विशिष्ट अथितिहरुले मन्तव्य राख्ने कार्यक्रम पनि छ । कार्यक्रममा प्रमुख बक्ताका रुपमा प्रा. डा. सुरेशराज शर्माले विशेष मन्तव्य राख्ने कार्यक्रम छ भने महालेखापरीक्षक, शिक्षामन्त्री लगायतले पनि आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ।
सिए सरोकारले कार्यक्रमको विशेष कभरेज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।