Skip to content

आइक्यानमा सबैका प्यारा ‘प्रेम दाई’ सम्मानित !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा त्यस्ता एक कर्मचारी छन्, जो कसैका अगाडी कसैसँग पनि रिसाउँदैनन् । उनी सकेसम्म सबैलाई सहयोग मात्र गर्दैनन्, जानेको बुझेको सबै कुरा सिकाइदिन्छन् । पदले उनी गार्ड दाई हुन्, तर आइक्यानका काम कारवाहीबारे उनी यति जानकार भइसकेकी उनलाई आइक्यानमा कुन काम कसरी गरिन्छसम्म सबै थाहा छ । विद्यार्थीले कुन काम कहाँ गर्ने ? कसरी गर्ने ? सदस्यहरुले कुन काम कहाँ गर्ने ? कुन काम गर्न के के गर्नुपर्छ ? आइक्यानमा आज को आएको छ ? को आएको छैन ? सबै थाहा हुन्छ उनलाई ।
यति मात्र होइन, उनी कसैसँग रिसाउँदैनन् । यो ठुलो, यो सानो भन्दैनन्, सबैसँग खुलेर, हाँसेर बोल्छन् । हो, उनी अर्थात प्रेम भक्त पाण्डे । आइक्यानमा सबैका प्यारा प्रेम दाई । र उनै प्रेम दाई आइक्यानबाट सम्मानित भएका छन् । कोभिड बेलामा पनि आइक्यानले दिने सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै आज आइक्यानको बार्षिकोत्सवको अवसरमा उनलाई सम्मानित गरिएको छ ।
उनलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । संस्थाका अध्यक्ष सिए मदन शर्माले उनलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।