Skip to content

आइक्यानको बार्षिकोत्सवमा किन गएनन् एक्यान अध्यक्ष ? निम्तो नआएको वाग्लेको तर्क, आइक्यान भने यसो भन्छ…

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । शनिबार काठमाडौँको होटल एभरेष्टमा एक भव्य कार्यक्रमका बीच आइक्यानले आफ्नो ३४औँ बार्षिकोत्सव मनायो । सोहि कार्यक्रममा सिएहरुलाई दीक्षित गर्ने कार्यक्रम पनि थियो । सार्है भव्य उक्त कार्यक्रममा आइक्यानका पूर्व अध्यक्षहरु, काउन्सिल सदस्यहरु, अडानका अध्यक्ष लगायतको उपस्थिति थियो । तर उक्त समारोहमा एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले देखिएनन् ।
आइक्यानको समारोहमा एक्यानका अध्यक्ष वाग्लेलाई आशन ग्रहणका लागि बोलाइएन मात्र, अगाडी स्टेजमै आएर आशन ग्रहण गर्न आग्रहसमेत गरियो । तर कार्यक्रमको अन्तिमसम्म पनि उनी आएनन् । त्यसपछि केहिले खोजिनिधि पनि गरे- ‘आखिर आनन्द शर्मा वाग्ले किन आएनन् यति भव्य कार्यक्रममा ?’
यो प्रश्नको उत्तर त्यहाँ कसैसंग पनि थिएन ।
कार्यक्रममा यसपटक कोभिडका कारण धेरै अतिथिहरुलाई बोलाइएको थिएन । तर कार्यक्रममा एक्यानका पूर्वअध्यक्ष हरि सिलवाल देखिएपछी निम्तो पुगेको अनुमान गरे । कतिपयले भने अघिल्लो दिन सार्वजनिक भएको एक समाचारको विषयलाई लिएर उनी रणनीति बनाउन एक्यानका उपाध्यक्षसँग घुम्न गएका छन् भन्ने चर्चा पनि गरे । तर चर्चामा खासै तुक थिएन । त्यसपछि हामीले आइक्यानका जिम्मेवार व्यक्तिलाई यस विषयमा सोध्यौं । अझ हामीले सिए सरोकारमा निम्तो पठाउनेलाई नै सोध्यौं- ‘एक्यानका अध्यक्षलाई कार्ड पुगेन कि क्या हो ? उहाँ त आउनुभएन त ?
उनले जवाफ दिए- ‘कार्ड अफिससम्म नै पुर्याएको हो । उहाँ अफिसमा हुनुहुँदो रहेनछ । त्यहि भएर अफिसमा छोडेर नै आएको हो ।’
तर यता आनन्द शर्मा वाग्लेले भने आइतबार विहान स्ट्याटस लेख्दै आफुलाई नबोलाइएको बताएका छन्।
‘इथिक्स सिकाउनेहरुको अलिकति पनि इथिक्स छ भने झुटो बोल्न छाड्नु पर्छ। संघलाई निमन्त्रणा नै नगरी खुला सभामा मन्चमा आसन गर्न बोलाउनु, आउदै हुनुहुन्छ समेत भनेर उपस्थित सभालाई उहालाई बोलाको हो आउनु भएन भनेर पार्नु कतिसम्मको लज्जास्पद कुरा हो? अध्यक्ष आउछन जान्छन आचरण सन्स्थागत गराउनु जरुरि छ। यसले संस्थालाई कमजोर बनाउछ जुन सामुहिक सदस्यको बिसयबस्तु हो।’ आफुलाई उक्त कार्यक्रममा नबोलाएको स्पष्ट पार्दै उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्